Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको नयाँ रुप चैत ११ मा

फिल्मीखबर, काठमाण्डौ, 2016/12/13
रेखा थापाले पहिलो पल्ट भिलेनको चरित्रमा अभिनय गरेको भनी चर्चामा रहेको फिल्म ‘डायरी’ चैत्र ११ मा रिलिज हुने भएको छ । टिजर सार्वजनिक गर्दा निर्माण युनिटले रिलिज लक्षित मिति चैत्र भनेता पनि डेट भने सार्वजनिक गरेको थिएन । ’हामीले अन्य फिल्मको डेटसंँग नाजुधोस भनेर खाली डेटमा सल्लाह गरिरहेका थियौ । यसैले गर्दा पनि यतिबेला चैत्र ११ लाई रिलिज डेट तोकेका हौ’ निर्देशक अनिल योन्जनले बताए ।
 
 
फिल्ममा छुल्ठिम गुरुङ , सन्नी सिंह र रेखा थापाको अभिनय रहेको छ । छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको यस फिल्मलाई ‘आवरण’ फिल्म मार्फत निर्माताको रुपमा फिल्ममा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन् । फिल्म ‘नोभेम्बेर रेन’ मार्फत डल्लीको उपनामले चर्चामा आएकी अभिनेत्री छुल्ठिम गुरुङ यसै फिल्म मार्फत निर्मात्री बनेकी छिन । फिल्ममा रेखा भने भिलेनको रुपमा देखिएकी छिन । 
 
पछिल्लो समय फिल्म नै हाक्ने रेखा यसमा भने कथा सुहाउदो भएकोले नै भिलेन बनेकी हुन् । पछिल्लो समय राप्रपा नेपालमा प्रवेश गरेसंगै चर्चामा आएकी रेखालाई दर्शकले यस फिल्ममा पहिलो पटक भिलेन अवतारमा देख्न पाउने छन् । फिल्ममा बिनोद पौडेल , दिनेश डिसी लगायतको पनि अभिनय रहनेछ  । फिल्ममा कथा छेतेन गुरुङको रहेको छ  । फिल्मलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । 
Most Visited News (monthly)