Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चपली २ पछि खाली हात आयुष्मान, निर्मातासँग १० लाख डिमाण्ड !

फिल्मीखबर, काठमाडौं, 2016/12/12
'चपली हाइट २' डेब्यू अभिनेता आयुष्मान देशराज जोशी राम्रै नोटिस भएका अभिनेतामा पर्छन् । पारिवारिक व्याकग्राउण्ड अनि सामाजिक सञ्जालको फ्यान फलोईङले पनि फिल्म रिलिज पहिले समेत चर्चामा रहेका उनको कामलाई युवा दर्शकले केहि हदसम्म मन पनि पराए । 
 
तर भदौ रिलिज उक्त फिल्मपछि उनी कुनै प्रोजेक्टमा अनुबन्धित छैनन् । फिल्मीखबर श्रोतलाई प्राप्त जानकारी अनुसार उनलाई अभिनयको प्रस्ताव लिएर पुगेका एक निर्देशकसँग उनले १० लाख डिमाण्ड गरेका छन् । राम्रै अनि अनुभवी निर्देशकले गरेको प्रस्तावलाई नै लत्याउँदै १० लाख विना फिल्म नगर्ने बोलेको जानकारीमा छ ।
 
पछिल्लो समय युवा स्टार अनमोल केसीले 'कृ' फिल्म २० लाखमा अनुबन्ध भएको चर्चा अहिलेसम्म पनि सेलाएको छैन् । यसैको निरन्तरता स्वरुप न्यू कमर अभिनेताहरु पनि धेरै पारिश्रमिकको अपेक्षा गरेका हुनसक्छन् । तर अनमोल स्थापित भईसके आयुष्मान स्थापित अभिनेता बन्न अनि क्रेज बढाउन अझै केहि संघर्ष गर्नुपर्नेमा पर्नसक्छन् । 
 
त्यसैले राम्रो स्कृप्ट पाउँदा अनि राम्रो टिम पाउँदा पनि अनपेक्षित डिमाण्ड राख्न खोज्दा उक्त डिमाण्ड आयुष्मानलाई नै भारी नपर्ला भन्न सकिन्न ।
Most Visited News (monthly)