निशा अधिकारी र आयुष रिजाल स्टारर फिल्म 'मेरो देश'को रिलिज तय भएको छ । प्रजातन्त्र दिवसको छेकोमा फागुन ६ गते रिलिज गर्ने मिति तय सँगै फिल्मको टिजर ट्रेलर सार्वजनिक गरियो ।
सार्वजनिक सस्पेन्स टिजरमा फिल्मका लिड कलाकार फिचरिङमा छन् । फिल्मको नामले नै राष्ट्रियताको विषय उठान गरकेो बुझ्न सकिन्छ । फिल्मलाई भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट र बारा लगायतका ठाउँमा खिचिएको छ । देव नेपालले निर्देशन गरेका छन् ।
ब्रोसीस ईन्टरटेन्मेन्ट प्राली को ब्यानरमा निर्माण भएको यो फिल्ममा नीशा र आयुषसँगै प्रज्वल गीरी, नीर शाह, ध्रुब कोईराला, पुष्पा पाण्डे, एक राज थापा, कृष्ण शिवाकोटी, किशोर झा लगायत कलाकारहरू मुख्य अभिनयमा छन् ।
भ्रष्ट र अपारदर्शिी राजनितिका कारण देश र जनताले भोगी रहेका प्रतिनिधिमुलक प्रत्यक्ष समस्या तथा भ्रष्टाचार र अपारदर्शिता लाई न्युनीकरण गर्न युवाले खेल्नुपर्ने भुमिका फिल्मले बोल्ने बताईएको छ । फिल्मलाई रविन्द्र बरालले खिचेका हुन् ।

