चर्चित अभिनेत्री रेखा थापा विधिवत रुपमै राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपाल (राप्रपा) प्रवेश गरेकी छिन् । राजधानीमा सोमबाट आयोजित एक भव्य कार्यक्रमका बीच राष्ट्रिय (कार्यकारी) अध्यक्ष कमप थापाको हातबाट टिका र माला लगाउँदै रेखा राप्रपा प्रवेश गरेकी हुन् ।

उद्घोष बनेकी चर्चित गायिका कोमल ओलीले रेखालाई आशनबाट उठेर माला ग्रहण गर्न लगाउँदा उपस्थित नेता तथा कार्यकर्ताले ताली बजाए भने केन्द्रका कार्यक्रममा उपलब्ध नेताहरुले फुल मालाले स्वागत गरे ।

कार्यक्रममा रेखासँगै उनकी आमा निर्मात्री सरस्वति थापा पनि राप्रपा प्रवेश गरिन् । हिन्दु धर्म खोज्दै र आम नेपालीको भावना बुझेर पार्टी प्रवेश गरेको रेखाको कथन थियो । रेखाले देश संकटमा परेको अहिलेको अवस्थामा कोहि पनि चुप बस्न नहुने भन्दै कहिँ न कहिँ बसेर सच्चा राष्ट्रप्रेमी नागरिकले आफ्नो जिम्मेवारी निभाउन पर्ने भन्दै त्यसैको लागी उक्त पार्टी रोजेको बताईन् ।

आफु धर्म कर्मको लागी मठ मन्दिर जाँदा धेरैले ढोगीको आरोप लगाएको भन्दै ती सबैलाई आजको दिन जवाफ दिएको उनको तर्क थियो । ८० प्रतिशत भन्दा बढि जनता हिन्दु रहेको देशको पहिचान नै हिन्दु राज्य रहेको रेखाले दाबी गरिन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कम्मर मर्काएसँगै पार्टिमा प्रवेशको कुराले चर्चामा आएकी रेखाले त्यो कुरालाई तत्कालिन जनताको आवश्यक्ता र माग थियो भन्दै प्रचण्डहरु र आफ्नो बिचार कहिल्यै कहिल्यै नमिल्ने समेत तर्क गरिन् ।
रेखाले राप्रप्रा किन रोजिन्, यो सबै थाहा पाउन माथीको भिडियो हेर्नुहोस ।

