मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिन्दु धर्म खोज्दै राप्रपामा रेखा, भन्छिन्, 'यो देशको झण्डा ओढेर मर्न चाहन्छु'

फिल्मीखबर, काठमाडौं, 2016/12/12

केहि बर्ष पहिले वर्तमान प्रधानमन्त्री समेत रहेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कम्मर मर्काएपछि अभिनेत्री रेखा थापाको राजनीतिक झुकाब छताछुल्ल भयो । रेखाले एक समय खुलेर माओवादी बोलिन् पनि । तर उनै रेखा अब भने राप्रपा प्रवेश गरेकी छिन् ।

हिन्दुराष्ट्रको तथा राजा फर्किनुपर्ने जमात सहितको राजनीतिज्ञ सहभागी पार्टिमा रेखा औपचारिक रुपमा भने सोमबार अपराह्न टिका लगाउँदै छिन् । गत हप्ता मात्रै मर्ज भएको राप्रपा नेपाल र राप्रपाको एकिकरण पश्चात केन्द्रका कार्यकारी अध्यक्ष बनेका पुर्व राप्रपा नेपाल अध्यक्ष कमल थापाको हातबाट टिका ग्रहण गर्दै रेखा उक्त पार्टी प्रवेश गर्ने बुझिएको छ ।

पार्टी प्रवेशको पुर्व सन्ध्यामा रेखाले आफु निकट झुकाब राखेको एक मिडियामा दिएको अन्तर्वार्ताको संक्षिप्त सारमा हिन्दु धर्म खोज्दै उक्त पार्टीको पछि लागेको बोलेकी छिन् । आफ्नो नशा नशामा हिन्दुत्व रहेको र आफु राष्ट्रबादी भएको दाबी सहित रेखाले हिन्दु धर्मको संरक्षण गर्ने, नेपाली चाड पर्व र हिन्दुवादीको सम्मान गर्ने पार्टी राप्रपा मात्र रहेको रेखाको तर्क छ ।

प्रचण्डसँग कुनै समयपनि आफु राजनीतिक आश्थामा एक नभएको दाबी गर्दै उनले आफ्नो आत्मासँग मेल खाने पार्टी राप्रपा मात्र रहेको जिकिर गरेकी छिन् । अन्त्यमा रेखाले बोलिन्, 'म यो देशको झण्डा ओढेर मर्न चाहन्छु, नेपाली भएर मर्न चाहन्छु ।'

(रेखासँगको भिडियो कुराकानी फिल्मीखबरले छिट्टै प्रकाशित गर्नेछ)