मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.67/5.00)
Text size:-
+
-

ठगी आरोपमा 'बमकाजी' विरुद्ध अपराध अनुसन्धानमा मुद्धा

फिल्मीखबर, काठमाडौं, 2016/12/11
भर्खरै मात्र गोरखाबाट फ्लोरमा गएको फिल्म 'बमकाजी' विरुद्ध अपराध अनुसन्धान महासाखामा मुद्धा परेको छ । सहमति अनुसारको पारिश्रमिक समयसीमा भित्र नदिई छायाँकनमा गएको भन्दै कथाकार परिच्छेद सेन ठकुरी प्रहरी समक्ष पुगेका हुन् । 
 
परिच्छेदको नाममा प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा दर्ता भएको 'बमकाजी' फिल्मको स्कृप्ट सुरुमा निर्देशक खिलबहादुर गुरुङले अध्ययन गर्छु भनेर लगेको अनि त्यसपश्चात चित्तबुझ्दो लागेर २ लाखमा किनेको तर मंसिर ४ भित्रै १ लाख ८० हजार किस्तामा उपलब्ध गराउने सर्त विपरित रकम नदिई फ्लोरमा गएकोले गुरुङलाई ठगी मुद्धामा पक्राउ गरी ठगी गरेको रकम दिलाई पाउँ भन्ने व्यहोरा सहितको उजुरी परिच्छेदले दर्ता गराएका छन् । 
 
परिच्छेदको उजुरीमा आफ्नो हस्ताक्षर बिना नै किर्ते गरेर चलचित्र विकास वोर्डमा 'बमकाजी'को स्कृप्ट दर्ता गराएको समेत जोडिएको छ । निर्देशक गुरुङसँगै निर्माता सुरेश कार्कीलाई विपक्षी बनाईएको उजुरी परिच्छेदले आईतवार प्रहरी कार्यालयमा दर्ता गराएका हुन् ।
 
यो उजुरी परे सँगसँगै प्रहरीले तत्काल रेस्पोन्स लिएको खण्डमा फिल्मको छायाँकन रोकिने संभावना बढेको छ । यो फिल्ममा सौगात मल्ल, दिया पुनः र बुद्धी तामाङ लिड अभिनयमा छन् । 
 
हेर्नुहोस उजुरीको पुर्ण पाठः
 
यस्तो थियो सहमती पत्र
 
परिच्छेदको नाममा प्रतिलिपी अधिकारको कार्यालयमा 'बमकाजी' दर्ता प्रमाणपत्र