मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

के सस्तो बन्दैछन् सरोज खनाल ?

फिल्मीखबर, काठमाडौं, 2016/12/11
अभिनेता सरोज खनाल १० बढि बर्षपछि अमेरिकाबाट नेपाल फिरे । अमेरिका बस्दा नेपाली फिल्म क्षेत्रबाट टाढा बनेका एक समयका चल्तीका हिरो खनाल नेपाल फर्किनासाथ हिरो हैन हिरो अनि हिरोईनको बुबाको भुमिकामा फिट देखिए । 
 
अभिनयमा दोश्रो ईनिङको नाममा फर्किए, पहिलो फिल्म 'प्रेमगीत'बाट अवार्ड पनि जिते । तर त्यसयता सरोज खनालले व्याक टु व्याक धेरै फिल्म खेलिरहेका छन् । प्रेमगीतपछि सुब्बा साहेब, नाई नभन्नु ल ४ खेलेका उनले  यसबर्ष अहिलेसम्म आधा दर्जनबढि फिल्म खेलिसकेका छन् । 
 
ग्रेडिङको हिसाब गर्ने अनि एक समय पहिलो ग्रेडको अभिनेतामा पर्ने स्टारडम बनाएका उनै खनालले अहिले भने ग्रेडको दाँजोमा नै ल्याउन नमिल्ने तथा रिलिज समेत कन्फर्म नहुने खालका फिल्म समेत गरिरहेका छन् । जसले चर्चाको बिषय बनाएको छ कि कतै सरोज खनाल सस्तो बन्दै त छैनन् ?
 
केहि महिना पहिले 'लेक साईड', सकाएका खनाल अहिले फ्लोरमा रहेका हैरान देखि ब्वाईफ्रेण्ड सम्मको अभिनयलाई तयार छन् । यसअघि पञ्चायत, दिपज्योती नामका फिल्म समेत सकाईसकेका छन्  । सँगसँगै फ्लोरमा हुने फिल्ममा सुटिङ जुध्ने कारण व्यवस्थापन मिलाएर समेत उनले काम गरिरहेको बुझ्नमा आएको छ ।
 
सरोज खनालबाट आशा गर्ने धेरै दर्शक छन् अनि सँसँगै संभावना देखेकै कारण फिल्मकर्मी पनि उनिसँग काम गर्न लालायित हुन्छन् तर खेल्नको लागी खेले झैं जसको पनि अनि जस्तो पनि प्रोजेक्ट गर्दै हिँडे भने भोली उनलाई नै पश्चातापको दिन आउनसक्छ ।