मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करियर भन्दा बढि ब्वाईफ्रेण्डमा ध्यान

फिल्मीखबर, काठमाडौं, 2016/12/11
पछिल्लो दुइ हप्तायता सामाजिक सञ्जालमा चर्चा छ अनि मिडियामा गसिप र समाचार बनिरहेका छन्, ड्रिम्स गर्ल साम्राज्ञ राज्यलक्ष्मी शाहको प्रेम प्रशंग । जन्मदिनको अबसरमा मयंक खड्कासँग प्रेममा रहेको कुरा खुलाएकी साम्राज्ञीको बारेमा अनेकन तर्क सहितका गसिप बने । 
 
कतिले 'प्रेमी सार्वजनिक गर्न हतार गरिन्' लेखे कतिले 'अब ब्रेकअपको समाचार छिट्टै आओस्' लेखे त कतिले 'सफल प्रेमको शुभकामना दिए' । अनि पछिल्लो समय चर्चा छ, कतै साम्राज्ञीले फिल्म भन्दा पनि प्रेमीलाई प्राथमिकता दिएकी त छैनन् ?
 
साम्राज्ञीले प्रेमी सार्वजनिक गर्दा कहिँकतै दाबी पनि गरिन् मयंक साथी मात्र हुन् । तर यो कुरा नसेलाउँदै मिडियामा समाचार आयो उनका अन्तरंग तश्विर सहितको । अब भने तश्विर आफै बोलेपछि साम्राज्ञी चुप छिन् । तर चर्चा उनले खेलेको फिल्मको भन्दा बढि लभ लाईफको छ । 'ए मेरो हजुर २' को सुटिङ सकियो, अर्को फिल्म 'तिमी सँग' गर्दैछिन् यो कुरा खासै चर्चामा छैन् । 
 
पछिल्लो पटक आयोजना भएका आधा दर्जन जति अवार्डमा उत्कृष्ट बनेकी ड्रिम्स डेब्यू गर्लको प्रेम चर्चाले अभिनयलाई छायाँमा पार्ने त होईन्, यो भने समयले बताउनेछ । 
 
यसअघि फिल्म भन्दा बढि प्रेमलाई अनि ब्वाईफ्रेण्डलाई प्राथमिकता दिने धेरै हिरोईनले करियरबाटै हात धुन परेको उदाहरण पनि नेपाली रजतपटमा धेरै छन् । त्यसैले यो कुराबाट फिल्म उद्योगको उदाउँदो नक्षत्र बनेर आएकी साम्राज्ञीले पनि बेलैमा पाठ सिक्ने पो हो कि ?