मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.80/5.00)
Text size:-
+
-

किङमा निखिल भर्सेज अनुप, हेर्नुहोस एक्शनले भरिपुर्ण ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/12/09
एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म 'किङ' को ट्रेलर सार्वजनिक भएको छ । एक बर्षपछि पर्दामा आउँदै गरेका निखिलको 'किङ' ट्रेलरमा मुख्यतः द्वन्द्वात्मक दृश्य समावेश छन् ।
 
 
मायाको प्राप्तीको लागी युवाहरुबीच हुने फाईट अनि हरेकले आफुले आफैलाई सम्झिने 'किङ' अबतार फिल्मका पात्रमा भेट्न सकिन्छ । फिल्ममा निखिलको अपोजिटमा दुई युवा खलपात्र अनुपविक्रम शाहि र प्रज्वल सुजल गिरी देखिएका छन् । यो तीनको बीचमा अभिनेत्री वेनिशा हमाल भेटिन्छिन् । 
 
सबिर श्रेष्ठ निर्देशित फिल्मका निर्माता जयन श्रेष्ठ हुन्  । जगन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा एक्शन रोशन श्रेष्ठले हेण्डल गरेका छन् भने सञ्जय लामाले खिचेको फिल्ममा कोरियोग्राफी रामजी लामिछानेको छ । पौष २९ फिल्मको रिलिज मिति हो ।