मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

नयाँ बर्षमा सौगातको 'लालपुर्जा' पनि, निखिल, दया र स्वस्तिमा को पछि हट्ने ?

फिल्मीखबर, काठमाडौं, 2016/12/08

वैशाख १ गतेका लागि ‘घामपानी’, ‘लव लव लव’ र ‘राधे’ले तीन फिल्मले रिलिज मिति घोषणा गरिसकेका छन् । तर निगम श्रेष्ठ निर्देशित ‘लालपूर्जा’ले पनि यही मितिमा रिलिज गर्ने तयारी गरेपछि वैशाख १ ले धेरैको ध्यान तान्ने निश्चित छ । तर रहस्यमय विषय त यो छ कि तीन तीन वटा फिल्म रिलिज हुन लागेको थाहा पाउँदा पाउँदै चौथो फिल्म किन आउन लाग्दैछ ?


श्रोतका अनुसार पपकर्न भित्रको राजनीति यसको मुख्य कारण हो । पछिल्लो समय पपकर्नभित्र पनि प्रतिष्ठाको लडाइँ सुरु भएको छ । को भन्दा को राम्रो फिल्म मेकर भन्ने होडका कारण बाहिरबाट हेर्दा उनीहरु बीच एकता रहेको जस्तो देखिएपनि भित्र भित्र भने उनीहरु एक अर्काको फिल्मलाई लिए ‘इन्स्क्यिोर’ महसुस गर्छन् । अझ रामबाबु गुरुङ र माधव वाग्लेबीच यो समस्या गहिरो रहेको श्रोत बताउँछ । ‘घामपानी’ले  सुटिङ हुँदा नै रिलिज मिति तोकेको थाहा हुँदा हुँदै  ‘लालपूर्जा’ भिड्न आउन खोज्नुले यही संकेत गर्छ कि दुवै फिल्मका निर्माता एक अर्कालाई हराउने दाऊमा छन् । ‘लालपूर्जा’ माधव वाग्लेले निर्माण गरेका हुन् ।

 


केही दिन यता ‘लव लव लव’मा निश्चल पत्नी स्वस्तिमा खड्काको अभिनय रहेको हुँदा ‘घामपानी’ निर्माता सिनेमा आर्टले सो मितिबाट आफू पछि हट्न चाहेको चर्चा थियो । तर यो चर्चा सेलाउन नपाउँदै ‘लालपूर्जा’ चर्चामा छिरेको छ । अब कुन फिल्म पछाडि हट्छन् ? वा अगाडि बढछन् समाचारमा सबैको चासो रहनेछ ।

घामपानीमा दयाहाङ राई र केकी अधिकारीको जोडी छ भने लालपूर्जामा सौगातले नयाँ अनुहार मिरुना मगरसँग जोडी बाँधेका छन् ।