मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको तयारी तिब्र, निर्णायकमा अभिनेता हमाल पनि

फिल्मीखबर, काठमाडौं, 2016/12/08
अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा आगामी पुष २७ देखि माघ २ गतेसम्म  ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सब नेपाल-२०१७’ को तयारी तिब्र भएको र सहभागी हुने फिल्म छनोट प्रक्रिया अन्तिम अवस्थामा पुगेको आयोजकले बताएको छ । राजधानीमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रमको बारेमा तथा जुरी र सहभागी हुने देशका फिल्मको बारेमा जानकारी गराईयो । 
 
 
प्रधानमन्त्री पुष्षकमल दाहालले महोत्सवको पौष २७ मा धरानमा उद्घाटन गर्नेछन् । देश संघिय प्रदेशमा विभाजन भएसँगै सुरुमा १ नम्बर प्रदेशबाट महोत्सव सुरु गरेको भन्दै आउँदा बर्षमा अन्य अन्य प्रदेशमा कार्यक्रम गरिने आयोजकले बताएको छ । प्रदेश नम्बर १ बाट सुरु हुने महोत्सव सात बर्ष भित्र ७ वटै प्रदेशमा पुर्‍याउने लक्ष्य राखिएको आयोजकको तर्क छ । 
 
 
महोत्सवमा नेपाल, चीन, भारत, बंगलादेश, श्रीलंका, जापान, इरान, क्युवा, इजिप्ट, रुस, स्टोनीया, कजाकिस्तान, जर्मनी, मोन्टेनेग्रो र टर्की गरी १५ देशका ४६ ओटा सिनेमा प्रारम्भिक चयन समितिले छनौट गरेको छ । सो समिति चयन गरेका सिनेमाहरुमा फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री, डक्युड्रामा र कार्टुन फिल्म रहेका छन् । 
 
अन्तिम प्रतिस्पर्धाका लागि छानिएका चलचित्रहरु महोत्सबमा पाँच दिन प्रदर्शन गरिने बताईएको छ ।  चीनका बरिष्ट निर्देशक सेई फी मुख्य निर्णायक रहेको महोत्सवमा अन्य निर्णायकमा निर्णायकहरुमा फ्रान्सका चलचित्र प्रध्यापक ड्रागन मिलिन कोभिक, नेपालका चर्चित अभिनेता राजेश हमाल, नेपालकै अग्रज चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा र भारतकी चलचित्र छायाँकार फाओजिया फथिमा छन् । 
 
कार्यक्रममा अभिनेता हमालले यस्ता महोत्सवले अन्तर्राष्ट्रिय फिल्म संस्कृति आदान प्रदानमा सहयोग पुग्नुका साथै नेपाली पनि फिल्म हब बन्दै छ भन्ने सन्देश विश्व बजारमा जाने बताए ।
 
महोत्सब संयोजक पाठकका अनुसार महोत्सवमा सहभागी सबै फिल्महरुले अवार्डको लागि प्रतिस्पर्धा गर्ने छन् । जस अन्तर्गत नेपाल पानोरमा अन्तर्गत नेपाली चलचित्रहरुको मात्र प्रतिस्पर्धा हुनेछ भने अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत नेपाल लगायत बाँकी देशका सिनेमाहरुबीच प्रतिस्पर्धा हुनेछ । महोत्सवको संयोजकमा राजु केसी छन् ।