मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिजको २० घण्टा मै शाहरुखको 'रईस' ट्रेलरले राख्यो रेकर्ड

एजेन्सी, मुम्बई, 2016/12/08
वलिउडको प्रतिच्छित बनेको स्टार अभिनेता शाहरुख खानको फिल्म 'रइस'को ट्रेलर २० घण्टामै १ करोड बढि भिजिट भएको छ । युट्युव ट्रेण्डिङमा नम्बर वान देखिएको रईस ट्रेलर यो समाचार तयार पार्दासम्म १ करोड पाँच लाख पटक हेरिएको छ ।
 
 
वलिउड अनलाईनहरुलाई आधार मान्दा रेकर्डेवल भिजिट यो । २४ घण्टा नबित्दै १ करोड बढि भिजिट भएको पहिलो ट्रेलर रइस दाबी गरिएको छ । ट्रेलरमा २ लाख बढि लाईक तथा हजारौं कमेन्ट बर्षिएको ट्रेलरलाई धेरैले तारिफका शब्द बर्षाएका छन् । ट्रेलरप्रति देखिएको उत्सुकतालाई आँकलन गर्दा आउँदो जनवरी २५ मा रिलिज हुने फिल्मले वक्सअफिसमा कमालको ओपनिङ गर्नसक्छ । 
 
एक्शनप्रधान देखिएको फिल्ममा शाहरुखसँगै माहिरा खान, नवाजुद्दिन सिद्धिकी लिड अभिनयमा छन् । फिल्मलाई राहुल ढोलाकियाले निर्देशन गरेका हुन् ।