Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

वास्तविक कथाको 'तुइन' शिर्ष गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/12/07
दुई महिना जस्तो पहिले टिजर रिलिज भयो फिल्म 'तुइन' को । सार्वजनिक टिजरले राम्रो हाईप बनायो । हेर्नेजति प्रायः सबैले तारिफ गरे, नेपाली फिल्म उद्योगका दिग्गज अनि क्षमतावान मानिने निर्माता निर्देशक देखि कलाकारसम्मले सामाजिक सञ्जालमा प्रशंशाका शब्द बर्षाए । 
 
 
सोहि फिल्म 'तुइन' को बुधबार शिर्ष गीत सार्वजनिक भएको छ । निर्माण टिमले सामाजिक सञ्जाल युट्युव मार्फत फिल्मको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा गोरखा र धादिङबासीहरुले त्रिसुली नदिको वारपार गर्दा पर्योग गर्दै आएको तुईनको पीडाभाव अनि यथार्थता बोलेको छ । 
 
गीतमा स्वर पुष्पन प्रधानले दिएका छन् भने उनलाई भोकलमा साथ कृति नेपाली, दीपा महर्जन, रानीसोभा महर्जनले साथ दिएका छन् । गीतको शब्द तथा संगीत सुरेश अधिकारीको हो । 
 
युवा निर्देशक उत्सवप्रताप थपलियाको 'एक्शन कट'मा तयार 'तुईन'ले गोरखा र धादिङबासीले दैनिकी रुपमा खेप्नु परेको तुईनको यथार्थ पीडा बोलेको छ । फिल्मले  'तुईन' प्रयोग गरेर विधालय जाने अनि फर्किने विधार्थीहरुको कथालाई समेत पर्दामा उतारेको छ । 
 
फिल्ममा प्रिशा श्रेष्ठ, सुरज थापा, परिक्षितबिक्रम राना, सृजना उप्रेती, विशाल डोटेल, श्याम खड्का, चिराग थपलिया, नेहा पोखरेल,  न्यन्सा लगायतको अभिनय छ । फिल्मको कथा मोहन गेलालको हो । फिल्मलाई यहि बर्ष भित्र प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ ।
Most Visited News (monthly)