मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

'पुरानो डुङ्गा'बाट निराश दर्शकलाई दयाहाङको यस्तो जवाफ

फिल्मीखबर, काठमाडौं, 2016/12/07
गत हप्ता रिलिज फिल्म पुरानो डुङ्गाले मिश्रित भन्दा पनि आलोचनात्मक प्रतिक्रिया पायो । दयाहाङ राई स्टारर फिल्ममा दयाका डाई हार्ट फ्यानले बाहेक अन्य दर्शकले सोचेअनुसारको फिल्म नपाएको भन्दै गुनासो पोखे, रामबाबु निर्देशकिय फिल्मलाई आलोचना गरे, गाली पनि गरे । 
 
यो बिषयमा दयाहाङ र लिड अभिनेत्री प्रियंका कार्कीले फेसबुकमा लेखेको स्टाटसले पनि राम्रै चर्चा पायो । तर बुधबार राजधानीमा मिडियाकर्मीमाझ भेटिएका अभिनेता दयाले यो बिषयमा मुख खोले, आफ्नो प्रतिक्रिया राखे । 
 
'पुरानो डुङ्गा'मा दया खोज्दै जाँदा निराश दर्शकलाई के भन्नुहुन्छ भन्ने प्रश्नमा दयाले जवाफ दिए, 'एउटा कलाकारले जहिले पनि राम्रो कामको अपेक्षा दिन खोज्छ, दर्शकलाई केहि नयाँ दिन अनि सन्तुष्ट बनाउन खोज्छ, तर पछिल्लो रिलिज 'पुरानो डुङ्गा'बाट निराश हुनुहुन्छ भने नआत्तिनु अर्को पटक यसलाई सुधार गरेर अझ राम्रो गर्ने कोशिश गर्नेछु ।'
 
दयाहाङले कबड्डी तथा कबड्डी कबड्डीको टिम दोहोरिएको अनि निर्देशक दोहोरिएको अवस्थामा दर्शकले धेरै आशा गरेर हलमा पुगेको कारण यो अवस्था आएको जिकिर गरे । आफुले जहिले पनि राम्रो गर्ने अनि दर्शकको मन जित्ने काम गर्ने अभिलासा बोकेर हिड्ने भन्दै दयाले पहिलेदेखि नै राम्रो र राम्रो दुबै प्रतिक्रियालाई सहर्ष स्विकार गर्दै आएको तर्क राखे । 
 
'पुरानो डुङ्गा'को ईनिसियल रुपमा आक्रामक विजनेस सुरुवात भए पनि विस्तारै दिन बित्दै जाँदा दर्शकको नेगेटिभ वर्ड अफ माउथका कारण विजनसेमा डाउन आएको थियो । अहिले धेरै हलबाट फिल्म निस्कि पनि सकेको छ ।