मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेर्नुहोस, नेपाल र बंगलादेशमा खिचिएको 'समर्पण' ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/12/07
नेपाल र बंगलादेशमा छायाँकन गरिएको फिल्म 'समर्पण'को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ट्रेलरले प्रेम, रोमान्स र रोदन बोल्छ । त्यसो त फिल्मको जनरा नै लभस्टोरी हो । 
 
 
बसन्त निरौला फिल्मका निर्देशक हुन् । पौष १५ बाट दर्शकले हलमा गएर समर्पण हेर्न पाउनेछन् । मित्रताको कथा पेस गर्ने फिल्म फायर इन्टर प्राइजेज एण्ड मिडिया प्रालीको ब्यानरमा रोजन खनालको प्रस्तुतीमा तयार भएको हो । बंगलादेशी नागरिक इमरान सिद्दिकीले फिल्मको निर्माण गरेका हुन् । 
 
 
फिल्ममा रञ्जु शर्मा, रुविना शर्मा, अनु पराजुली,  कैलास तामाङ, रोजन रखाल लगायत लिड अभिनयमा छन् । दिव्य सुवेदीले खिचेको फिल्ममा टंक बुढाथोकीको संगीत छ ।