Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

नेपालमा हात खाली कतारमा ठुम्का !

फिल्मीखबर, काठमाडौं, 2016/12/06
अहिले राम्रै नाम चलेका कोहि अभिनेता फुर्सदमा छन् भने ती हुन् आर्यन सिग्देल । पछिल्लो पटक 'क्लासिक', 'होमवर्क' र 'आवेग' तीन फिल्म लगातार रिलिजपछि उनका फिल्म रिलिजको पाईपलाईनमा नै छैनन् । 
 
 
रिलिजको त कुरा छोडौं, फ्लोरमा या भनौं निर्माण तयारी भएका समेत प्रोजेक्ट आर्यनको हातमा छैनन् । आफ्नै प्रोडक्शन हाउसको तर्फबाट दिनेश राउतलाई लिएर बनाउने भनिएको एक अनटाईटल प्रोजेक्ट पनि अलपत्र परेको छ । थाइल्याण्डमा खिचिने भनिएको फिल्मको लागी भन्दा बढि प्राथमिकता निर्देशक राउतले सुवास गिरी र टिभी फिल्मीको प्रोजेक्टलाई दिए ।
 
 
'पर्व' फिल्म बनाउन तिर राउत लागेपछि आर्यनलाई देश विदेश घुम्ने फुर्सद निस्केको छ ।  अर्को तर्फ निर्माता गिरी र निर्देशक राउतको लगातार दोश्रो प्रोजेक्टमा देखिएका आर्यन तेश्रोमा अटाएनन् तर आर्यनसँगै 'नोभेम्बर रेन' र 'क्लासिक'मा देखिएकी नम्रता श्रेष्ठ भने गिरी र राउतसँगसँगै छिन् । 
 
 
देशमा खाली हात रहेका आर्यन यतिबेला कतारमा छन् । केहि दिन पहिले विमानस्थलबाट विदेश जाँदै गरेको तश्चिर सेयर गरेका आर्यनले यहि हप्ता फेसबुकमा फोटो अपलोड गरे, कतारमा कम्मर मर्काएको । 
 
कनि कुरा क्लियर भयो कि नेपालमा राम्रै फुर्सदमा रहेका आर्यन सोहि फुर्सदिलो समय सदुपयोग गर्दै कतारमा ठुम्का देखाउन पुगे । कतारमा सम्पन्न नेपाली एण्ड भोजपुरी मेघा स्टार नाईट मा आर्यनले प्रस्तुती दिएका थिए ।
 
केहि हप्ता पहिले मात्रै अष्ट्रेलिया पुगेर फर्केका आर्यन अहिले कतारमा छन्, संभवत अर्को महिना नेफ्टा अवार्डमा दुबई पुग्नेछन्, त्यसपछि पनि खाली खाली नै रहे भने उनको देश अनि विदेशको भ्रमण कति रहन्छ त्यो भने समयले बताउनेछ ।
तश्विरः आर्यनको फेसबुक पेजबाट
Most Visited News (monthly)