मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शिल्पालाई लिएर छबि र ज्ञानेन्द्रबीच झगडा (भिडियो सहित)

फिल्मीखबर, काठमाडौं, 2016/12/06
 
निर्माता छबिराज ओझाको कम्पनि छबिराज प्रोडक्शनको ब्यानरमा गत बर्ष नै फिल्म 'हिफाजत २' बन्ने चर्चा चल्यो । करिब पाँच बर्ष पहिले जस्तो रिलिज फिल्म 'हिफाजत'को सिक्वेलको तयारी हुँदैगर्दा निर्माता ओझाले निर्देशक ज्ञानेन्द्र देउजालाई लिएर काम पनि अघि बढाई सकेका थिए । तर अब उक्त फिल्म निर्माणमा नै अन्यौलता थपिएको छ । 
 
 
श्रोतका अनुसार 'हिफाजत २' बनाउने गत बर्ष नै पोष्टपोण्ड गर्दै 'किस्मत २' बनाएर रिलिज समेत गरिसकेका छबिराज यो पटक पनि अर्को 'प्रोजेक्ट 'मंगलम' निर्माणको तयारीमा जुटेका छन् । जुन कुराले निर्माणको तयारी हुँदैगर्दा रोकिएपछि निर्माता ओझा र निर्देशक देउजाबीच दुरी बढेको बुझिएको छ । 
 
निर्माता र निर्देशकबीच कुरा नमिल्नुको पछाडि कास्टिङको समस्या बताईएको छ । श्रोतका अनुसार ओझाले उक्त प्रोजेक्टमा अभिनेत्रीमा शिल्पा पोखरेल र लिड अभिनेतामा 'किस्मत २' खेलेका पृथ्वीराजलाई लिने निर्णय गरेपछि निर्देशक देउजाले उक्त कुरा अस्विकार गरेका थिए । त्यसपछि देउजासँग सम्पर्क अनि सहकार्य नै नगरी छबि ओझा 'मंगलम'तिर लागेको बुझिन्छ ।
 
छबिले 'मंगलम'मा निर्देशनको जिम्मा नवल नेपाललाई दिने निर्णय गरिसकेका छन् । यसअघि पनि छबिको 'लज्जा' फिल्म नवलले नै निर्देशन गरेका थिए । स्मरण रहोस, छबिराज ब्यानरको 'किस्मत २' खेलेपनि पृथ्विराज अभिनेतामा 'नोटिस' हुननसकेका कलाकार हुन् ।