मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

निखिलको 'किङ', बाहिरिए एकसाथ तीन गीत (जुकवक्स)

फिल्मीखबर, काठमाडौं, 2016/12/06
पौष २९ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'किङ' को अडियो जुकवक्स रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक जुकवक्समा एकसाथ तीन गीत समावेश छन् । 'भ्रुम भ्रुम', 'लातको भूत' र 'अधुरो' तीन गीतको अडियो जुकवक्समा सुन्न सकिन्छ । 
 
 
सार्वजनिक गीतहरुमासंगीत सुजेन्द्र डि कार्की, वसन्त सापकोटा,विनोद ढकाल, दिनेश सुनामको छ भने शब्द प्रमोद ढुङ्गाना, सविर श्रेष्ठ, विनोद ढकालले लेखेका छन् । गायनका केतन क्षेत्री, प्रविशा अधिकारी, विनोद ढकाल र सन्नि सुनामको स्वर सुन्न सकिन्छ । 
 
जगन श्रेष्ठको प्रस्तुति तथा जयन श्रेष्ठको निर्माणमा तयार फिल्मका निर्देशक सविर श्रेष्ठ हुन् फिल्ममा निखिल उप्रेती, वेनिशा हमाल, अनुपविक्रम शाहि, प्रज्ववल सुजल गिरी, रुपा राना र जगन श्रेष्ठ लिड अभिनयमा छन् ।