एक बर्ष जस्तो पहिले सेन्सर जाँचको समयमा झमेलामा परेको फिल्म 'किर्तिपुर' अब भने सेन्सर पास भईकन प्रदर्शनको लागी तयार भएको छ । केहि दृश्य तथा संवादमा कैची चलाईएपछि सेन्सर वोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्मलाई निर्माण टिम यो बर्षभित्रै प्रदर्शनमा ल्याउने तयारीमा छ ।
यो बीचमा सोमबार राजधानीमा फिल्मको विशेष शो सम्पन्न भयो । कांग्रेस नेता ध्यानगोविन्द रज्जित, नेपाः राष्ट्रिय पार्टीका महासचिव विजय सैजुसहितका केहि राज्नीतिज्ञ तथाफिल्मकर्मीबीच फिल्मको स्पेशल स्कृनिङ हुँदा निर्माण टिम तथा कलाकारहरुको टिम उपस्थित थियो ।
फिल्म हेरिसकेपछि सबैजसो दर्शकले निर्माण टिमको अनि कलाकारहरुको तारिफ गरे । फिल्मबाट नेपाल एकिकरणको श्रेय पाएका राजा पृथ्वीनारायण शाहले किर्तिपुर माथी हमला गरेको कथालाई पर्दामा उतार्ने प्रयास गरिएको छ । पहिलो पटक ठूलो पर्दामा निर्देशनको अनुभव लिंदै प्रदीप खड्गीले 'किर्तिपुर' नामक फिल्म निर्माण गरेका हुन् ।
पृथ्वीनारायण शाहले किर्तिपुर माथी बिजयी प्राप्त गर्नु पूर्वको युद्दको कथा समेटिएको भनिएको फिल्ममा अभिनेता यशराज गराचले पृथ्वीनारायण शाहको भुमिका निर्वाह गरेका छन् । 'ऐतिहासिक फिल्म त्यो पनि पृथ्वीनारायण शाहको भुमिका निभाउन पाउँदा हर्षित देखिएका यशराजले फिल्मको माध्यमबाट इतिहासलाई पुन: एक पटक ताजा बनाउने प्रयास आफुहरुको रहेको बताए ।
फिल्ममा नेपाली र नेवारी दुवै भाषा प्रयोग गरिएको फिल्ममा यशराजसँगै हिसिला महर्जन, मनि लावत, मदनदाश श्रेष्ठ, अञ्जला नकर्मी लगायतले अभिनय गरेका छन् । शंकर महर्जनले छायाँकन गरेको यो फिल्मका आर्ट डिरेक्टर के के मानन्धर हुन् ।