मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वीर विक्रम हिरोईनसँगै हेलिकप्टर चार्टर गरेर किन गोरखा गए सौगात ?

फिल्मीखबर, काठमाडौं, 2016/12/05
 
फिल्म 'बमकाजी'को छायाँकनको लागी कलाकारसहितको टिम हेलिकप्टर चार्टर गरेरै गोरखा पुगेको छ । हिमाली गाउँ सामागाउँ स्थित मनास्लु वेसक्याम्पमा हुने सुटिङको लागी लिड कलाकार सौगात मल्ल, दिया पुनः, वुद्धि तामाङ सहितको टोली त्यहाँ पुगेको हो । 
 
 
त्रिभुवन विमानस्थलबाट फिल्म क्रियू प्रस्थान गर्नुपुर्व फिल्मका अन्य सदस्यले खादा लगाई विदाई गरेका थिए । स्थानिय रहनसहन र संकृतिलाई नजिकबाट वुझ्नका लागि कलाकारको टोलीलाई छायांकन सुरु हुनुभन्दा अगाडि नै पठाइएको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिएका छन् ।
 
 
मंसिर २५ गतेबाट यो फिल्मको छायांकन सुरु हुनेछ । परिच्छेद सेनको कथा रहने फिल्ममा साम्तेन भुटियाको पटकथा तथा संवाद छ । चार हजार फिटमा रहेको मनास्लु वेस क्याम्पमा फिल्मको छायाँकन हुने बताईएको छ ।
 
फिल्मको छायाँकन समय ३५ दिनको राखिएको छ ।  सुरेश कार्की, रविराज कार्की र राजेशजंग गौतमको संयुक्त लगानी रहने यो फिल्मलाई संजय लामाले खिच्नेछन् ।