मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

ऐश्वर्या आत्महत्या प्रयासको खास तथ्य यस्तो

एजेन्सी, मुम्बई, 2016/12/05
(भाईरल समाचारसँगै जोडिएको ऐश्वर्याको तश्विर)
 
वलिउड स्टार अभिनेत्री ऐश्वर्या राय बच्चनले आत्महत्या प्रयास गरेको भन्ने खबर अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ । घाईते अबस्थाको एक तश्विरसँगै ऐश्वर्याले सुसाईट कोशिश गरेको भन्ने हल्ला फैलिएपछि यसको स्पष्टिकरण दिनमा अहिले वलिउड मिडिया लागिपरिरहेका छन् ।
 
उक्त खबर झुठो भएको बलिउड अनलाईन कोईमोई डटकम लेख्छ । आठ बर्ष पहिले रिलिज एक फिल्ममा समेटिएको ऐश्वर्याको एक दृश्यलाई भाईरल बनाएको बतआईएको छ । तर सुसाईट प्रयासको समाचार समेत भाईरल हुँदा उक्त समाचारमा बच्चन परिवारमा खटपटी आएको र ऐश्वर्याले मलाई मर्न देउ समेत भनेको कुरा जोडिएको छ ।
 
ऐश्वर्याको पछिल्लो फिल्म 'ए दिल है मुश्किल'को बोल्ड दृश्यको कारण बच्चन परिवारमा मनमुटाव बढेको यसअघि नै समाचार बाहिरिईसकेको थियो ।