मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दर्पणछायाँ २' गीत रिलिज, आकाशैमा छल्केको पुष्प र साहाराको प्रेम (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/12/05
फागुन २७ लाई अफिसियल प्रदर्शन मिति तय गर्दै फिल्म 'दर्पणछायाँ २' को अफिसियल गीत रिलिज गरिएको छ । तुलसी घिमिरे निर्देशित फिल्मको सार्वजनिक 'आकाशैमा' बोलको गीतमा लिड कलाकार पुष्प खड्का र साहारा फिचरिङमा छन् । 
 
'टिपिकल नेपालीपना बोल्ने गीतको भिडियोलाई छेडुप लामाले निर्देशन गरेका छन् । रञ्जित गजमेर र चन्दन लोम्जेलको संगीत रहेको गीतमा राजेशपायल राई, मेलिना राई, अशोक धमला र कर्मा ग्याल्जेनको स्वर छ । रामेश्वर कार्कीले क्यामेरा चलाएका छन् । 
 
साहारा फिल्मस् प्रोडक्शनको व्यानरमा बनेको फिल्ममा पुष्प र साहारासँगै श्रद्धा प्रसाईं, फिरोज तिमिल्सिना, सेरबहादुर गुरुङ, जीवन आचार्य लगायत अभिनयमा छन् ।