लक्स कामना अवार्ड शनिबार सम्पन्न भयो । जहाँ उत्कृष्ट अभिनेताको अवार्ड सौगात मल्लले फन्को फिल्मबाट जिते अनि उत्कृष्ट अभिनेत्री नम्रता श्रेष्ठ क्लासिकबाट घोषित भईन् । तर कार्यक्रममा अवार्ड थाप्न नम्रता उपस्थित हुँदा सौगात देखिएनन् ।
जब उद्घोषकले उत्कृष्ट अभिनेताको अवार्ड सौगात मल्लको पक्षमा परेको घोषणा गरे, सो समयमा सौगातको त कुरै छाडौं उनले अवार्ड जितेको फिल्म 'फन्को'बाट कोहि पनि क्रियू मेम्बर उपस्थित नै थिएनन् । अनि सौगातको अवार्ड कसले लिन्छ भन्ने जिज्ञाशा सहभागी अनि मिडियाकर्मीमा पर्यो ।
तर सोहि समयमा २ मिनेट पहिले स्टेज चढेर आफ्नो अवार्ड उचालेर झरेकी अभिनेत्री नम्रता श्रेष्ठ हत्तपत्त 'म छु' भन्दै स्टेज चढिन् । अनि सौगातको अवार्ड पनि आफैले थापिन् । उनको हातमा दुई अवार्ड रह्यो ।
अनि गाईंगुईं चल्यो, सौगातलको अवार्ड थाप्न नम्रता किन स्टेजमा पुगिन् ? कसैले राम्रो साथी भएको हुनसक्ने आँकलन गरे त कसैले ब्वाइफ्रेण्डसहित कार्यक्रममा पुगेकीको र सौगातको भित्रभित्रै केहि खास त छैन् सम्म भन्न भ्याए ।
यो बीचमा आईतबार बिहान फिल्मीखबरकर्मीसँग भेट हुँदा सौगातले आफुले अवार्ड जितेको नै बल्ल थाहा पाएको रहस्य खोले । 'फोन त आएको थियो, कुरा गर्दा बुझिएन, मैले जितेको भन्ने पनि थाहा थिएन, अहिले थाहा पाएँ'म सौगातले हर्षित मुद्रामा भने ।
अनि तपाईंको अवार्ड थाप्न त नम्रता जी स्टेज पुग्नु भो खास कुरा के भन्ने प्रश्नमा उनले फर्काए, 'नम्रता र म मिल्ने साथी हौं, छड्के फिल्ममा काम गरेदेखि नै हामी बीच राम्रो मित्रता छ, त्यसैको उदाहरण तपाईँहरुले शनिबार देख्नुभयो ।'