मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अवार्डप्रति बढ्दो वितृष्णा, किन पुग्दैनन् नाम चलेकै कलाकार ?

फिल्मीखबर, काठमाडौं, 2016/12/04
पछिल्लो समय नेपाली फिल्मसँग जोडिएर हुने अवार्ड कार्यक्रम फेशनको रुपमा अघि बढ्दैछ । केहि महिनाको रकमा होईन कहिलेकाहिँ त एकै हप्तामा समेत दुई अवार्ड सम्पन्न हुन्छन् । अनि फरक फरक विधाका अवार्ड फरक फरक व्याक्तिले पाउँछन् । आलोचना बढ्दो छ, तर अटेरी भनेझैं कसैको आलोचना कसैले सुनेको भेटिन्न । 
 
अझ आजभोली त राजधानीमै आयोजना हुने अवार्ड समारोहमा समेत नाम चलेका अनि उद्योगका हस्ति मानिने धेरै कलाकार उपस्थित नै हुँदैनन् । जीत कन्फर्म जस्तो देखिने, अन्य अवार्डसमारोहमा एकपछि अर्को गर्दै उत्कृष्ट भईसकेका कलाकार समेत अवार्डमा सरिक नभएको पाईन्छ । 
 
त्यसो त नेपाली फिल्म अवार्डलाई नाटकको हवाला दिँदै दुई बर्ष पहिले फिल्म 'झोला' निर्माण टिमले नेपालका कुनै अवार्ड नलिने घोषणा गर्यो । यो बर्ष यस्तै भयो, गत वर्ष रिलिज 'पशुपतिप्रसाद'का अभिनेता खगेन्द्र लामिछानेले अघोषित अवार्ड बहिष्कार गरे । राष्ट्रिय अवार्ड देखि अन्य समारोह कहिँकतै पुगेनन् । 
 
अर्को प्रसंग जोडौं, शनिबार सम्पन्न, कामना फिल्म अवार्डको  । अव्यवस्थित तथा भद्रगोल देखिएको अवार्ड समारोह सकिँदासम्म सुरु हुँदा भरिएको हल खाली जस्तै बनेको थियो । उत्कृष्ट अभिनेताको नोमिनेशनमा परेका कोहि पनि अभिनेता कार्यक्रममा उपस्थित भएनन् । 
 
उत्कृष्ट पाँचको नोमिनेशनमा परेका खगेन्द्र लामिछाने, अनमोल केसी, दयाहाङ राई, आर्यन सिग्देल, सौगात मल्ल कोहि पनि कार्यक्रममा देखिएनन् ।
 
अभिनेत्रीको निमिनेशनमा परेका मध्ये उक्त विधाको अवार्ड बाँड्ने बेलासम्म नम्रता श्रेष्ठ मात्र बाँकी थिईन्, अवार्ड पनि उनैले जितिन् । समारोहमा वितरण भएका धेरै विधाका सम्बन्धित व्याक्तिहरु नै उपस्थित नहुँदा अन्य निकटम व्याक्तिहरुले अवार्ड बुझे । 
 
उत्कृष्ट अभिनेताको अवार्ड सौगात मल्लको नाममा घोषणा हुँदा लिने कोहि देखिएनन् । त्यो पहिले अभिनेत्री को घोषणा भई अवार्ड जितेकी नम्रता श्रेष्ठ नै सौगातको अवार्ड थाप्न स्टेजमा चढेकी थिईन् । 
 
कामनादेखि, डि सिने अवार्ड, ईनास अवार्डको नाममा आयोजना हुँदै आएका विभिन्न अवार्ड समारोहप्रति पछिल्लो समय सेलिब्रेटिहरुकै वितृष्णा बढेको छिपेको छैन् । अवार्डको नाममा व्यापार हुनु, राम्रो भन्दा पनि हाम्रोलाई अवार्ड दिनु सँगसँगै सर्जकको सम्मान नदेखिएपनि 'डिजर्भिङ' कलाकर्मीहरुको नै बेवास्ता बढेको देखिन्छ ।