मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुटिङ चल्दा चल्दै दुर्घटनामा परे रजनिकान्त

एजेन्सी, मुम्बई, 2016/12/04
साउथ सुपरस्टार रजनिकान्त फिल्म छायाँकनको दौरान दुर्घटनामा परेका छन् । साईन्स फिक्सन फिल्म '२.०' को छायाँकनको समयमा रजनिकान्त दुर्घटनामा परेका हुन् । तर दुर्घटनामा ठुलो चोट नलागेकोले स्वास्थ्य अवस्था ठिक रहेको बताईन्छ ।
 
वलिउड अनलाईन कोईमोई डटकमले लेखे अनुसार सुटिङको क्रममा एक्कासी लडेका उनको खुट्टामा चोट लागेको थियो । शनिबार साँझको सुटिङको क्रममा एक्शन 'सट' दिँदा घाईते भएका थिए, त्यसपछि उनलाई चेट्टिनाद' अस्पताल पुर्याईएको थियो । 
 
साउथ निर्देशक शंकरको निर्देशनमा बन्दै गरेको फिल्म ४०० करोडको वजेटमा बनिरहेको छ । सोहि फिल्ममा वलिउड स्टार अक्षयकुमार पनि अभिनयमा छन् ।