मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङ स्टारर 'ह्वाईट सन', एसियाकै सर्वोत्कृष्ट फिल्म

फिल्मीखबर, काठमाडौं, 2016/12/04
दयाहाङ राई स्टारर फिल्म 'सेतो सुर्य'ले सिंगापुरमा सम्पन्न फिल्म फेस्टिभलमा एसियाकै उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । एसियाको प्रतिष्ठित फिल्म फेस्टिभल, 'सिंगापुर फिल्म फेस्टिभल'मा सर्वोत्कृष्ट घोषित भएको हो । 
 
 
उत्कृष्ट फिचर फिल्म बनेको 'सेतो सुर्य'ले विजयी भए पश्चात ५० हजार सिंगापुर डलर आफ्नो पक्षमा पार्यो । विभि्न १० देशका फिल्महरुलाई पछि पार्दै नेपाली फिल्म उत्कृष्ट भएको हो । फिल्मलाई दिपक रौनियारले निर्देशन गरेका छन् । रौनियार र दया फेस्टिभलमा सहभागी भएर आईतबार नेपाल फर्के । 
 
दयाहाङ र रौनियार विमानस्थल आईपुग्दा निर्माता छिरिङ रितार शेर्पा, रविन्द्रसिंह बानियाँ सँगै चलचित्र विकास वोर्डका पदाधिकारी सहितको टोलीले स्वागत गरेको थियो । त्यसपश्चात दया र रौनियारले एक स्वरमा 'सेतो सुर्य'को जीत समग्र नेपाली फिल्म क्षेत्रको जीत रहेको बोले । यो फिल्म यहि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।