मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.71/5.00)
Text size:-
+
-

कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद, हिरो हिरोईनमा सौगात र नम्रता उत्कृष्ट

फिल्मीखबर, काठमाडौं, 2016/12/03
शनिबार राजधानीमा सम्पन्न कामना फिल्म अवार्डमा 'पशुपतिप्रसाद' फिल्मले बर्ष २०७२ को उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । प्रेमगीत, क्लासिक, वडा नम्बर छ र कबड्डी कबड्डीलाई पछि पार्दै 'पशुपतिप्रसाद' उत्कृष्ट बन्दा सोहि फिल्मबाट दिपेन्द्र के खनालले निर्देशकको पनि अवार्ड उचाले । 
 
 
यस्तै 'पशुपतिप्रसाद'ले उत्कृष्ट कथा, पटकथा र खलपात्रमा पनि अवार्ड जितेको छ । खलपात्रमा विपिन कार्की (भष्मे डन) उत्कृष्ट बने । उता बर्ष २०७२ को उत्कृष्ट अभिनेताको अवार्ड फन्को फिल्मबाट सौगात मल्लले जितेका छन् भने अभिनेत्रीतर्फ क्लासिक फिल्मबाट नम्रता श्रेष्ठ उत्कृष्ट ठहरिईन् । 
 
 
उत्कृष्ट संवादको अवार्ड फिल्म कबड्डी कबड्डीले पाएको छ भने डेब्यू अभिनेतामा नाई नभन्नु ल ४ बाट पल शाहले अवार्ड पाउँदा साम्राज्ञीराज्य लक्ष्मी शाहले ड्रिम्सबाट डेब्यू अभिनेत्रीको अवार्ड जितिन् । यस्तै उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड भैरवबाट हिमाल केसीले जितेका छन् भने डेब्यू निर्देशकको अवार्ड ड्रिम्सबाट भुवन केसीले जिते । 
 
 
अर्जुन पोखरेलले प्रेमगीतमा भरेको संगीत उत्कृष्ट कहलिँदा सह अभिनेत्रीको अवार्ड प्रियंका कार्कीले क्लासिकबाट पाईन भने सह अभिनेताको अवार्ड सरोज खनालले प्रेमगीतबाट उचाले । प्रियंकाले भोटिङबाट निर्धारण भएको पपुलर च्वाईसको अवार्ड समेत जित्न सफल भईन् ।
 
 करिब ५ घण्टा चलेको अवार्ड समारोहमा फिल्म तथा वित्तिय क्षेत्रका विशिष्ट व्याक्तिहरुको सहभागीता थियो । प्राविधिक कमजोरीका कारण खल्लो बनेको अवार्ड समारोह सकिँदासम्म हलमा उपस्थित जम्मा १५ प्रतिशत सहभगी मात्र बाँकी थिए । 
 
विजेताहरुको सुची यसप्रकार छः
 
उत्कृष्ट श्रृङ्गार : निमा लामा, प्रेमगीत
उत्कृष्ट साउण्ड डिजाइन: अनिश श्रेष्ठ, क्लासिक
उत्कृष्ट सिनेमाटोग्राफर : सन्जय लामा, पुरुषोत्तम प्रधान, ड्रिम्स
उत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल, क्लासिक
उत्कृष्ट द्वन्द्व : हिमाल केसि, भैरव
उत्कृष्ट व्याकग्राउण्ड स्कोर : शैलेश श्रेष्ठ, ड्रिम्स
उत्कृष्ट कथा : दिपेन्द्र के खनाल, पशुपतिप्रसाद
उत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने, पशुपतिप्रसाद
उत्कृष्ट संवाद : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, कबड्डी कबड्डी 
उत्कृष्ट डेब्यु अभिनेत्री : साम्राज्ञ्यराज्यलक्ष्मी शाह
उत्कृष्ट डेब्यु अभिनेता : पल शाह, नाईनभन्नु ल ४
उत्कृष्ट पार्श्व गायिका : अन्जु पन्त, प्रेमगित 
उत्कृष्ट पार्श्व गायक : सुगम पोखरेल, प्रेमगित 
उत्कृष्ट कमेडी : विल्सन बिक्रम राई, अधकट्टी
उत्कृष्ट खलपात्र : विपिन कार्की, पशुपतिप्रसाद 
उत्कृष्ट बाल कलाकार : कन्चन ठकुरी, बागमती 
उत्कृष्ट नव निर्देशक : भुवन केसि, ड्रिम्स 
उत्कृष्ट लिरिक्स : डा. कृष्णहरि बराल, प्रेमगित 
उत्कृष्ट संगित : अर्जुन पोखरेल, प्रेमगित 
उत्कृष्ट सह अभिनेत्री : प्रियंका कार्की, क्लासिक
उत्कृष्ट सह अभिनेता : सरोज खनाल, प्रेमगित
उत्कृष्ट अभिनेता : सौगात मल्ल, फन्को
उत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ, क्लासिक
उत्कृष्ट निर्देशक : दिपेन्द्र के खनाल, पशुपतिप्रसाद
उत्कृष्ट फिल्म : पशुपतिप्रसाद