मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चौथो हप्तामा 'जात्रा', थाहा पाउनुहोस २१ दिने कलेक्शन (वक्सअफिस)

फिल्मीखबर, काठमाडौं, 2016/12/02
 
तीन हप्ता पहिले रिलिज भई सफलताकासाथ प्रदर्शनरत फिल्म 'जात्रा'को हालसम्मको विजनेस रिपोर्ट सार्वजनिक भएको छ । फिल्म वितरणको अधिकार लिएको पपकर्न पिक्चर्सले फिल्मको २१ दिने (तीन हप्ताको) विजनेस सार्वजनिक गरेको हो ।
 
पपकर्न पिक्चर्सको तर्फबाट माधव वाग्लेले दिएको विवरण अनुसार शुक्रबारबाट प्रदर्शनको चौथो हप्ता प्रवेश गरेको फिल्मले अहिलेसम्म २ करोड १९ लाख ९ हजार तीन सय १५ रुपैयाँको (ग्रस) विजनेस गरेको छ । मल्टिप्लेक्स तथा सिंगल थियटरबाट फिल्मले यो आम्दानी गरेको हो । 
 
फिल्मले यो शुक्रबारबाट थप ६ हल पाएको छ । भने मल्टिप्लेक्समा पनि विजनेस राम्रो गरिरहेको छ । प्रदिप भट्टराई निर्देशित फिल्मले यो हप्ता अन्य ठुला फिल्म प्रदर्शनमा नआउनु अनि  गत हप्ता रिलिज फिल्म 'पुरानो डुङ्गा'को नेगेटिभ वर्ड अफ माउफले खस्किँदो शो र घट्दो दर्शकको पनि फाईदा उठाएको छ । 
 
कमेडी जनराको फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, बर्षा राउत, रविन्द्र झा लिड अभिनयमा छन् । बानियाँ फिल्मका निर्माता पनि हुन् ।