मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

नबन्दै सर्यो अनमोलको 'कृ' रिलिज मिति

फिल्मीखबर, काठमाडौं, 2016/12/02
युवा स्टार अनमोल केसीले २० लाख पारिश्रमिक लिएर खेल्न लागेको चर्चाकै कारण हाईपमा रहेको फिल्म 'कृ'को निर्माण पहिले नै रिलिज मिति फेरबदल भएको छ । फिल्म यसअघि अर्को बर्षको दशैंमा रिलिज गरिने बताईएपनि अब त्यो भन्दा अघि नै आउने भएको हो । 
 
निर्माता सुवास गिरीले अर्को बर्षको भदौ १६ मा 'कृ' रिलिज हुने जानकारी गराए । भदौका विभिन्न सार्वजनिक विदा र नजिकिँदो दशैंको छेको छोपेर उक्त मिति तय गरेको गिरीको भनाई छ । 
 
फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । फागुनबाट फिल्म फ्लोरमा जाने बताईएको छ । सुवास ईन्टरटेन्मेन्ट र दि सुपर काजोल फिल्मस् को व्यानरमा फिल्म बन्ने छ । फिल्ममा अनमोलको अपोजिटमा अदिती बुढाथोकी हुनेछिन् । 
 
त्यसो त दशैंको फुलपातीमा भने यसअघि नै अभिनेत्री रेखा थापाको फिल्म 'कसले चोर्यो मेरो मन फेरी' रिलिजको घोषणा गरिसकिएको छ ।