यो शुक्रबारबाट फिल्म 'बिजुली मेशिन' प्रदर्शनमा आएको छ । साईन्स फिक्शन फिल्मले युवापुस्ताको वैज्ञानिक बन्ने सोख र त्यसैको निरन्तरता स्वरुप कलेज पढ्दैगर्दा आशा जागेका मेहि महत्वकांक्षी आविष्कारको कथा बोल्छ ।

आवाजबाट पनि बिजुली निकाल्न सकिन्छ भन्ने चुनौतीपुर्ण खोजको कथा फिल्मले पेश गरेको छ । नविन अवालले फिल्मको लेखन तथा निर्देशन गरेका छन् । अभिषेक सुवेदी, जिवन अधिकारी, बुद्धि तामाङ, कमलमणी नेपाल, आशिष लुईंटेल, जिवन भट्टराई लगायतको अभिनय रहेको फिल्ममा अभिनेता राजेश हमाललाई समेत देख्न सकिन्छ ।
.jpg)
यसैबीच रिलिजको पुर्वसन्ध्यामा बिहिबार साँझ जयनेपाल हलमा फिल्मको प्रिमियर गरियो । 'विजुली मेशिन' टिम तथा केहि फिल्मकर्मी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको कार्यक्रममा फिल्म हेर्नेहरुले नयाँ प्रयोगका साथ निर्माण गरिएको फिल्मको तारिफ गरे ।



