मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमालसँग काम गर्न निश्चल तयार, दिए यस्तो कुटनीतिक जवाफ

फिल्मीखबर, काठमाडौं, 2016/12/02
पछिल्लो समय नेपाली फिल्म उद्योगमा नयाँ र पुराना भन्दै दुई धार छुट्याईंदै आएको छ । त्यसो त मल्टिप्लेक्स र सिंगल स्कृनको नाममा समेत विभाजन देखिदै आएको छ । पछिल्लो समय उदाउँदै आएका निर्देशकहरु निश्चल बस्नेत, रामबाबु गुरुङ, दिपेन्द्र के खनाल, हेमराज बिसी लगायतले मल्टिप्लेक्समा प्रभुत्व जमाउँदै आएको कुरा नकार्न सकिन्न । 
 
 
प्रायः सधैं नयाँ कलाकारसँग काम गर्ने अनि सफलता पनि चाख्ने यी उल्लेखित निर्देशकहरुलाई पुराना स्टारसँग काम गर्न किन रिस्क लिनुहुन्न भन्ने प्रश्न तेर्सिईरहन्छ । यो बीचमा मिडियाकर्मीसँगको अनौपचारिक गफगाफमा निर्देशक निश्चलले कुटनीतिक जवाफ फर्काएका छन् । 
 
राजेश हमालहरु माथी किन 'रिस्क' लिनसक्नुहुन्न, सँगै काम गर्न चाहनुहुन्न भन्ने प्रश्नमा निश्चलले भने ,'मैले कहिल्यै पनि राजेश हमालसँग काम गर्दिन भनेको छैन्, अहिलेसम्म काम गरेका जतिपनि प्रोजेक्ट छन्, कुनै पनि कथाले उहाँलाई खोजेको छैन् ।' जहिले आफ्नो स्कृप्टले राजेश हमाल माग्छ, त्यो दिन अबस्य काम गर्ने भन्दै हमाललाई घरमा छाडेर उनको क्यारेक्टरलाई पर्दामा उतारि छाड्ने उनको तर्क छ । 
 
'अहिले या पछि भन्दिन, तर आवश्यक हुँदा त्यो प्रकारको स्कृप्ट बन्दैगर्दा हमाल पुस्ताहरुसँग काम गरिनेछ', निश्चलले भने ।