मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघमा आकाशको प्यानल घोषणा, निश्चल र दिपकराज पनि सँगसँगै

फिल्मीखबर, काठमाडौं, 2016/12/01
चलचित्र निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघको आसन्न निर्वाचनको पुर्व सन्ध्यामा नेतृत्वका दाबेदार निर्माता, निर्देशक तथा अभिनेता समेत रहेका आकाश अधिकारीले प्यानल सहित उमेद्वारी घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषित प्यानलमा पदाधिकारी सहित १४ निर्माताको नाम सार्वजनिक छ । 
 
फिल्म उद्योगका विधमान विकृति तथा समस्यालाई पुर्णतः सम्बोधन गर्ने प्रतिवद्धताका साथ घोषित अधिकारी प्यानलको प्रथम उपाध्यक्षमा अध्यक्षको लागी आकांक्षी देखिएका वर्तमान महासचिव केशव भट्टराईलाई राखिएको छ यद्धपी उनले भने कार्यक्रममा उपस्थित हुँदै प्यानलमा नाम नजोडिदि आग्रह गरेका छन् । 
 
यस्तै द्वितिय उपाध्यक्षमा दुई निर्माता रोज राणा र माधव वाग्लेको नाम चर्चामा रहँदै गर्दा दुबैलाई छोड्दै ठाउँ नै खाली राखिएको छ भने महासचिवमा वर्तमान सचिव  छविराज ओझा छन् यस्तै कोषाध्यक्षमा सुशिल पोखरेल रहँदा सचिवमा गोविन्द शाहीलाई राखिएको छ । 
 
 
साधारणसभाले निर्वाचित गर्ने ९ सदस्यको लागी करिष्मा मानन्धर, दिपकराज गिरी, चेतन सापकोटा, निश्चल बस्नेत, दिपेन्द्र के खनाल, योगेश घिमिरे, भानुप्रताप, निकिता पौडेल र रौनकविक्रम कंडेललाई प्यानलमा समेटिएको छ । 
 
कार्यक्रममा उपस्थित हुँदै संघका वर्तमान अध्यक्ष तथा चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राईले घोषित प्यानलका सबैलाई विजयीको सुभकामना सहित अग्रिम बधाई दिए । कार्यक्रममा नाम चलेका तथा फिल्म उद्योगका हस्ति मानिने धेरै निर्माताहरुको उपस्थिती थियो । 
 
अधिकारी अध्यक्ष रहनेगरी घोषित प्यानलले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा निर्माताहरुले झेल्दै आएको सेन्सर समस्या, वक्स अफिस प्रणाली, व्यवस्थित फिल्म प्रदर्शन, वजारको खोज, कोटा सिस्टम, चलचित्र नीति, सुटिङ समस्या, पाईरेसीको मार जस्ता एजेण्डाहरुको हल गर्दै चलचित्र क्षेत्रलाई सम्वृद्ध बनाउने तथा निर्माताहरुलाई लगानीमैत्री बनाउने विश्वास लिन सबैलाई आग्रह गरिएको छ ।
 
साधारणसभा पौष २ मा राजधानीमै हुँदैछ ।