मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुबईमा यस्तो हुनेछ नेफ्टा अवार्ड, कुल बजेट चार करोड दाबी

फिल्मीखबर, काठमाडौं, 2016/12/01
चलचित्र प्राविधिक संघ (नेफ्टा) अवार्डको उल्टो गणना सुरु भएको छ । मध्यपूर्वको आर्थिक राजधानी युएईस्थित दुबईमा हुने अवार्डका लागि काठमाडौंबाट १ सय २० फिल्मकर्मीले भाग लिनेछन् । 
 
 
नेफ्टा इतिहासमै महंगो अवार्डको भव्यता तयारीको चित्रबाट पनि महसुस गर्न सकिन्छ । टिकट विक्री जारी छ र यस सातामै सोल्डआउट हुने खबर स्थानीय आयोजकले दिएका छन् ।  आयोजित प्रेसमिटमा कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा वितरक कम्पनीका राजन अधिकारीले तयारीबारे जानकारी दिए । अलनासार लिजरल्यान्डस्थित आइस रिंकमा हुने अवार्ड समारोहमा ३ हजार अकुपेन्सी निर्धारण गरिएको छ । 
 
 
नेपालबाट दुबई उड्ने सबै पाहुना चारतारे होटेल रोटानामा बस्नेछन् । सेभेन स्टार इभेन्ट कम्पनीसँग इभेन्ट सम्झौता, भिसा, हवाइ टिकट र कानुनी प्रक्रिया पुरा भैसकेको जनाइएको छ । 
 
१५ लाख दिराम खर्च लाग्ने बताइएको अवार्डमा पचासदेखि पाँचसय दिराम (एडी) सम्मका टिकट उपलब्ध हुनेछन् । डिसेम्बर २३ अर्थात पुस ९ गतेको डेटलाइनदेखि केही दिनअघि टिकट विक्री बन्द हुने अधिकारीले बताए । 
 
चारघन्टा चल्ने कार्यक्रम नेपाली समयअनुसार राती दुईबजेसम्म निरन्तर हुनेछ । नेपाली मात्र होइन, छिमेकी देशका डायस्पोरा समेत सहभागि हुने बताइएको छ । कतारबाट समेत नेपालीहरु नजिकैको देशमा हुने अवार्डमा जाने मनस्थिती बनाइरहेका छन् । 
 
काठमाडौंमा भने, राष्ट्रिय नाचघरमा दर्जन कलाकारले नृत्य पूर्वाभ्यास गरिरहेका छन् । घरेलु सिनेमाका हु इज हुले दुबईको अन्तराष्ट्रिय मंचमा आफ्नो प्रस्तुति पस्कने जमर्को गर्दैछन् । महानायक राजेश हमाल, छक्का पन्जा फिल्म टोली, पछिल्लो छिमलका तन्नेरी कलाकार नेफ्टा अवार्डमा सहभागि हुँदैछन् । 
 
३१ विधामा हुने अवार्डका लागि ०७२ मा रिलिज भएका कूल ६७ फिल्मले भाग लिँदैछन् र उत्कृष्ट पाँच घोषित भैसकेको छ । यसपटकको अवार्ड किन पनि महत्वपूर्ण छ भने, अवार्डको केही महिनाअघि युएईमा नियमित घरेलु फिल्मको रिलिज सुरु भएको छ र छक्का पञ्जा चल्दैछ । 
 
नेफ्टा अध्यक्ष पुष्कर लामाले अन्तिम तयारीमा जुटिरहेको बताए । ‘नेफ्टा एकपछि अर्को ढंगले स्तरिय बन्दैछ र हामी प्रयत्नशिल छौं’ उनले भने, ‘दुबई क्वालिटी इभेन्टको एउटा उदाहरण हुनेछ ।’ यसका लागि नेफ्टाले स्पेक्ट्रम एडभरटाइजिङ, कन्सेप्ट भिजन र सेभेन स्टारसँग हातेमालो गरिरहेको छ ।
(नेफ्टा मिडिया संयोजक विष्णु शर्माको सहयोगमा)