मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के नम्रताको जीवनमा ब्वाईफ्रेण्ड हाबी हुँदैछन् ?

फिल्मीखबर, काठमाण्डौ, 2016/11/30
अभिनेत्री नम्रता श्रेष्ठको प्रेम झाँगिदो छ । पछिल्लो समय दावा स्टेभेन शेर्पासँग रिलेशनसिपमा रहेकी नम्रता प्रेमीसँग खुशी देखिन्छिन् । जहिँकहिँको पनि सार्वजनिक कार्यक्रममा पुग्दा नम्रता र दावा सँगसँगै हुन्छन्, झ्याप्प छुट्टिनन्न । 
 
 
सार्वजनिक कार्यक्रममा पुग्दा नम्रता र दावा सँगै बस्छन्, अनि मिडियाको क्यामेरा यी दुईतिर तेर्सिन्छ । प्रेम र रिलेशनका गसिप अहिले त बजारमा पुराना भईसके । तर पछिल्लो समय छनक देखिन थालेको छ कि नम्रताको जीवनमा प्रेमी दावा हाबी हुँदैछन् । 
 
मंगलबार बानेश्वरको एक होटलमा आयोजित फिल्म 'पर्व'को घोषणा कार्यक्रम सकिएपछि नम्रता मिडियाकर्मीलाई अन्तर्वार्ता दिँदै थिईन्, सोहि समय कुर्सीमा नम्रता पर्खेर बसेका दावा झ्याप्प उठे अनि अन्तर्वार्ता लिँदै गरेका पत्रकारलाई रोके र नम्रताको कानमा केहि बोले । त्यसपछि नम्रताको 'बाईट' लिन पर्खेर बसेका अरु पत्रकारलाई भने, 'अब सकियो समय, हामी निस्किन हतार छ, अन्तर्वार्तालाइ फुर्सद छैन् ।'
 
त्यसपछि नम्रतालाई पर्खेका पत्रकार अनि उनिसँग तश्विर खिचाउन पर्खेका सुभचिन्तकहरु पनि साईड लागे । दावासँगै नम्रता पनि उक्त ठाउँबाट बाहिरिईन् । तर उनिहरुलाई कुनै हतार नभएको त्यतबेला प्रष्ट भयो, दावाले हतार बोलेको करिब डेढ घण्टापछि उनिहरु सोहि होटलको अर्को विल्डिङबाट बाहिरिए । 
 
बोल्न खोज्दा खोज्दै अनि अन्तर्वार्ता दिन खोज्दा खोज्दै नम्रतालाई खोसेर हिडाउने जस्ता प्रवृति दावाले देखाउँदा नम्रताको जीवनमा कतै (ब्वाईफ्रेण्ड) दावा हाबि हुँदै त छैनन्, प्रश्न उब्जिएको छ ।
(गसिप)