मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थाहा पाउनुहोस् वलिउड स्टार आमिर खानका सुपरफ्लप फिल्म !

फिल्मीखबर, काठमाडौं, 2016/11/30
रिलिजको तयारीमा रहेको फिल्म 'दंगल'लाई लिएर उत्साहित पनि छन् अनि केहि नर्भस पनि छन्, वलिउड सुपरस्टार आमिर खान । 'मिस्टर परफेक्शनिस्ट'को उपमा पाएका आमिर वलिउडका सर्वाधिक कमाई गर्ने फिल्म दिने अभिनेता पनि पर्छन् । 
 
दर्जनौं हिट फिल्म दिएका उनै आमिरले यसअघि भने केहि यस्ता सुपरफ्लप फिल्म पनि खेलेका छ्न । जसको चर्चा कम छ, उनका धेरै फ्यानलाई ज्ञान कम हुनसक्छ । १९९० मा रिलिज अरुण भट्टको फिल्म 'जवानी जिन्दावाद' आमिरको फ्लप फिल्म मध्येको एक हो । 
 
त्यस्तै १९८९ मा रिलिज फिल्म 'लभ लभ लभ' अर्को प्लप सुचीमा छ भने १९९९ को 'मन' मा मनिषा कोईरालासँग देखिएका आमिरको उक्त फिल्म पमि फ्लप भयो । यस्तै सन् २००० मा रिलिज 'मेला'सँगै यश चोपडाको निर्देशन रहेको आमिरसँगैसैफ अली खान, विनोद खन्ना, रविना टंडन, सुनिल दत्त स्टारर उनको फिल्म पनि फ्लप सुचीमा छ । 
 
यस्तै 'बाजी' , तुम मेरे हे', 'आतंक ही आतंक', दौलत की जंग, अब्बल नम्बर जस्ता फिल्म पनि वक्सअफिसमा फ्लप सुचीमा छन् । 
 
श्रोतः वलिउड भाष्कर