मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(25 votes, avg 4.56/5.00)
Text size:-
+
-

मोक्ष हिरोले नम्रतासँग जोडी बाँध्ने, क्लासिक टिमबाट 'पर्व' घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/11/30
 
दुई बर्ष पहिले रिलिज फिल्म 'मोक्ष' डेब्यू अभिनेता कोशिश क्षेत्रीले पहिलो फिल्मबाटै निकै राम्रो प्रसंसा भेटे । रिलिजको बर्ष आयोजित सबैजसो अवार्ड समारोहमा उत्कृष्ट ठहरिए । 
 
 
तर संगीतकार समेत रहेका कोशिश त्यसयता फिल्मी पर्दामा देखिएनन् । गायन त संगीतमा सकृय कोशिश अब भने पुनः पर्दामा आउने पक्का भएको छ । मंगलबार आयोजित समारोहका बीच फिल्म 'पर्व'को घोषणा गरियो । उक्त फिल्ममा कोशिशले अभिनेत्री नम्रता श्रेष्ठसँग जोडी बाँध्नेछन् ।
 
 
पछिल्लो फिल्म 'क्लासिक'को टिम फिल्ममा दोहोरिएको छ भने निर्माणमा साझेदारी गोपिकृष्ण मुभिजको टिभी फिल्मीले गर्दैछ । सुवास ईन्टरटेन्मेन्ट र टिभी फिल्मीको जोईण्ट भेञ्चरलाई दिनेश राउतले निर्देशन गर्नेछन् । 
 
टिभि फिल्मीको छैठौ बार्षिकोत्सवको अबसरमा फिल्मको घोषणा गरिएको हो । एउटा पर्वमा घटेको घटनापछि एक पात्रले आफ्नो व्यक्तिगत सन्तुष्टीका लागि गर्ने क्रियाकलापलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिने निर्देशक राउतले जानकारी दिए ।
 
यो फिल्म यहि बर्षको चैत्र २५ मा रिलिज हुने समेत निर्माणपक्षले घोषणा गरिसकेको छ । फिल्ममा नम्रता र कोशिशका अलवा अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिनाको मुख्य भूमिका रहनेछ । 
 
कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्शन, कविराज गहतराजको कोरियोग्राफी फिल्ममा रहनेछ ।
 
विकास सुवेदी फिल्मका एसोसियट निर्देशक हुन् भने मुख्य सहायक निर्देशकको जिम्मा दिनेश रावतले लिँदा शान थापा सहायक निर्देशक रहनेछन् । शान पब्लिसिटी डिजाईनर पनि हुन् ।  लाइन प्रोड्यूसर विष्णु सुवेदी रहनेछन् भने  फिल्ममा सुरज आचार्य प्रोडक्शन डिजाइनर रहनेछन् । उता प्रोडक्शन म्यानेजर मनोज जोशी रहने पक्का भएको छ ।