फिल्म क्षेत्रलाई पुर्णतः क्षेत्र बनाएर सञ्चालनमा आईरहेको टेलिभिजन च्यानल टिभी फिल्मीले आफ्नो छैटौं वार्षिकोत्सव मनाएको छ । राजधानीमा वार्षिकोत्सव मनाउँदै गर्दा टिभी फिल्मीले फिल्म क्षेत्रका केहि मुर्धन्य व्याक्तिहरुलाई सम्मान पनि गर्यो ।

फिल्म क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै हिट व्यानर छविराज प्रोडक्शनको लागी वरिष्ट निर्माता छविराज ओझालाई सम्मान गरियो । टिभी फिल्मकी अध्यक्ष निकिता पौडेलले सम्मानपत्र ओझाको हातमा थमाईन् । सोहि सम्मान अभिनेत्री रेखा थापाको व्यानर रेखा फिल्मस् लाई पनि प्रदानको घोषणा कार्यक्रम सञ्चालकले गरे ।

तर कार्यक्रममा रेखा भने उपस्थित थिईनन् । बुझ्नमा आए अनुसार रेखा राजधानी बाहिरबाट फर्किँदै गर्दा ढिला भएकै कारण कार्यक्रममा उपस्थित हुन नसकेको बताईएको छ । तर कार्यक्रममा गाईंगुईं अर्कै चल्यो कि 'कतै छबिलाई अनि आफुलाईएकसाथ सम्मान गर्ने स्टेजमा रेखा नआएकी त होईनन् ?'
रेखा र छबि कुनै समय एउटै घरका सदस्य रहेको सबैलाई सर्वविदितै छ ।
उता कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले टिभी फिल्मीको तर्फबाट सुरु भई रोकिएको नयाँ प्रतिभा खोज्ने रियालिटी शो 'को बन्छ कलाकार' लाई यो बर्षबाट निरन्तरता दिने र ईच्छुक व्यानरसँग सहकार्य गरेर हरेक बर्ष दुई फिल्म निर्माण गर्ने घोषणा समेत गरिन् ।
तश्विरः महेश्वरमान सिंह, विनोद पोख्रेल

