महानायकको उपमा पाएका अभिनेता राजेश हमालले आईतबार मात्र आएर तेश्रो हप्तामा प्रदर्शनरत फिल्म 'जात्रा' हेरेका छन् । कुमारी हलमा पत्नि मधु भट्टराईसँग आएर फिल्म हेरेका हमाल हलबाट निस्किँदा प्रफुल्ल देखिए ।
सुरुमै उनले भने, 'जात्राको सिक्वेल हेर्न आतुर छु ।' 'फिल्मको कथाले अन्तिम समयसम्म पनि बाँधेर राखेको भन्दै दर्शक हँसाउन सफल भएकोमा हमालले निर्देशकलाई बधाई दिए । सामाजिक सञ्जाल तथा साथी सर्कलमा बढेको 'जात्रा'को चर्चा अनि तारिफले हलसमम नआई नहुने बनाएको उनको तर्क थियो ।
उता पत्नि मधुले भने हमालसँग दोस्रो पटक मात्रै फिल्म हेरेको सुनाईन् । मधुले यसअघि हमाल स्टारर फिल्म 'बागमती' पतिसँगै बसेर हेरेकी थिईन् ।
प्रदिप भट्टराई निर्देशित फिल्म 'जात्रा' सफलताका साथ तेश्रो हप्तामा प्रदर्शनमा छ ।

