मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाँच तश्विरमा 'पार्सल' डेब्यू गर्ल सिर्जना सुब्बा (तश्विर स्टोरी)

फिल्मीखबर, काठमाडौं, 2016/11/29
नत फोटोसुट, नत म्युजिक भिडियोमा मोडलिङ, विना कुनै अनुभन एक्कासी वर्कसपमा उपस्थित भएर फिल्म अभिनयको लागी फिट भएकी युवती थिईन् पुर्वी नेपालकी सिर्जना सुब्बा ।
 
 
यहि मंसिर २४ मा रिलिज हुने फिल्म 'पार्सल'बाट उनले नेपाली रजतपटमा डेब्यू गरेकी छिन् । फिल्मको प्रमोशनल कार्यक्रममा भेटिँदा यी सुन्दरी हर्षित देखिईन् । पहिलोपटक क्यामेरा फेस गर्दा केहि असहज लागेता पनि पछि टिम राम्रो भएको कारण काम गर्न सजिलो भएको उनको तर्क थियो । 
 
 
लाहुरेको कथा बोल्ने फिल्मले विदेशबाट एक लाहुरेले 'पार्सल' लिएर देश फर्किँदा सोहि पार्सल हराएपछि उत्पन्न परिस्थितीको वरीपरी फिल्म घुमेको बताईन्छ । फिल्मलाई रविन श्रेष्ठले निर्देशन गरेका छन् । निर्मातामा किशोर लिम्बु संवाहंगे छन् ।