मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

सामाजिक विकृति भित्रयाउने सर्ट फिल्ममाथी वोर्डको निगरानी, कारबाहि प्रक्रिया अघि बढ्दै

फिल्मीखबर, काठमाडौं, 2016/11/28
 
युट्युवमा गएर नेपाली सर्ट फिल्म सर्च गर्नु भयो भने सामाजिक विकृति भित्र्याउने तथा नेपाली समाजमा पच्नै नसक्ने किसिमका 'सर्ट फिल्म'हरु भेट्न सक्नुहुन्छ । 'सोसियल अवार्नेस'को हवाला दिँदै पछिल्लो समय यौनजन्य तथा भल्गर दृश्य समेटिएका भिडियो फिल्महरु बन्ने क्रम छ्यापछ्याप्ती बढेको छ । 
 
युट्युवबाट आउने डलर कमाउने नामा युवतीहरु नङ्ग्याउने तथा छाडा अनि दोहोरो अर्थ लाग्ने डायलग समेटेर यो प्रकारका सामग्री बनाउने क्रम बढ्दै जाँदा  कुनै पनि सरकारी निकायहरुले यसलाइ रोक्नको लागी अग्रसरता देखाएका छैनन् ।
 
तर सोमबार राजधानीमा आयोजित एक कार्यक्रमा चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राईले यो विषयमा मुख खोले  । 'सामाजिक विकृति  फैलाउने किसिमले पछिल्लो समय युट्युवमा आईरहेका सर्ट फिल्ममाथी वोर्डले निगरानी सुरु गरिसकेको छ, राईले भने, 'वोर्डको ईजाजत विना विवाह अनि मोबाईल बाहेक कुनै पनि क्यामेराले भिडियो फिल्म खिचेर सार्वजनिक रुपमा ल्याउने अधिकार कसैलाई छैन् ।'
 
सरकारी सहयोगमा वोर्डको तर्फबाट यो प्रकारको गतिविधीलाई नियन्त्रण गर्न प्रक्रिया अघि बढ्न लागेको भन्दै नहटाउने तथा पुनः अपलोड गर्दै जाने सबैमाथी कारबाहि अघि बढाईने बताइएको छ ।