मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बंगलादेशमा खिचिएको 'समर्पण' पौष १५ मा आउने, पोस्टर र पार्टी गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2016/11/28
यसअघि 'विजयपथ', 'राजनीति' र 'आवेग' निर्देशन गरेका वसन्त निरौलाको एक्शन कट रहेको फिल्म 'समर्पण' को रिलिज तय भएको छ । नेपाल तथा केहि दृश्य वंगलादेशमा समेत खिचिएको फिल्म अर्को महिना अर्थात १५ पौषबाट दर्शकमाझ आउने पक्का भएको हो । 
 
 
राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बिच फिल्मको रिलिज तय गर्दै पार्टी गीत र पोस्टर समेत सार्वजनिक गरियो । कार्यक्रममा निर्माता रोजन रखाल, निर्देशक निरौलासँगै लिड अभिनेत्री रञ्जु शर्मा उपस्थित थिए भने चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई, वरिष्ट कलाकार तथा निर्देशक द्वय रमेश वुढाथोकी र मोहन निरौला, सेन्सर वोर्ड सदस्य सन्दिप सापकोटाले शुभकामना मन्तव्य दिए ।
 
 
कार्यक्रममा बोल्दै निर्देशम निरौलाले यसअघिका प्रोजेक्टमा स्टारकास्टसँग काम गरेपनि यो पटक फ्रेस फेसलाई लिएर काम गरेको भन्दै नयाँ भनेर कम आँकलन नगर्न सबैलाई अनुरोध गरे । सबैजसो कलाकारको अभिनयमा निखारता रहेको भन्दै रिलिज पश्चात दर्शकको मन जित्ने उनको दाबी थियो । 
 
फिल्ममा निर्माता समेत रहेका रोजन र रञ्जुसँगै, रूवी शर्मा, प्रयास तामाङ, विश्वास तामाङ, अनु पराजुली लगायत लिड अभिनयमा छन् । फिल्मले समुहमा रहेका साथी साथी बीचको मित्रताको कथा बोलेको निर्माण टिमले बताएको छ ।
 
तश्विरः महेश्वरमान सिंह