मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

शाहरुख र अलिया स्टारर 'डियर जीन्दगी' ले तीन दिनमा कति कमायो ?

फिल्मीखबर, काठमाडौं, 2016/11/28
वलिउड स्टार शाहरुख खान तथा राईजिङ स्टार अलिया भट्ट अभिनित फिल्म 'डियर जीन्दगी'ले पहिलो विकेण्डमा ४५ करोड १४ लाखको ग्रस विजनेस गरेको छ । फिल्मको सुरुवाती तीन दिने नेट कलेक्शन भने ३२ करोड ५० लाख हो । 
समिक्षकले राम्रो बोलेको फिल्मले दर्शकको मन पनि जितिरहेको छ । रिलिजको दिन ८ करोड ७५ लाख विजनेस गरेको फिल्मले दोश्रो दिन ११ करोड २५ लाखको विजनेस गर्यो भने आईतवार विदाको दिन भारतमा १२ करोड ५० लाखको विजनेस गर्न सफल भयो । 
 
गौरी शिन्दे निर्देशित फिल्मको वर्ल्डवाईड ग्रस कलेक्शन ६२ करोड ४८ लाख पुगेको वलिउड हंगामाले लेखेको छ ।