मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'पुरानो डुङ्गा' २ दिने विजनेस सार्वजनिक, 'वर्ड अफ माउथ' छ यस्तो

फिल्मीखबर, काठमाडौं, 2016/11/27
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'पुरानो डुङ्गा'ले आक्रामक ओपनिङ गरेको छ । निर्माण टिम तथा वितरकहरुबाट प्राप्त विवरणलाई सत्य मान्दा यो फिल्मले दुई दिनमा नै १ करोड बढिको विजनेस गरेको छ । 
 
प्राप्त जानकारीलाई आधार मान्दा फिल्मले राजधानीमा मात्रै दुई दिनमा १ करोड बढिको ग्रस विजनेस गरेको छ भने मोफसलको विजनेस ५० लाख भनिएको छ । फिल्मले सिंगल स्कृनसँगै मल्टिप्लेक्समा शुक्रबार र शनिवार आक्रामक विजनेस गर्यो । प्रायः हल हाउसफुल पाईए । 
 
तर रामबाबु गुरुङको निर्देशकिए भेञ्चरले भने 'वर्ड अफ माउथ' राम्रो पाएको छैन् । फिल्म हेर्ने दर्शकले निर्माण टिम तथा निर्देशकलाई गाली गरेका छन् । कमजोर स्कृनप्लेले दर्शकलाई न्याय गर्न नसकेको कमेन्ट सामाजिक सञ्जालमा छर्पष्ट छ । 
 
फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनका प्रधान लिड अभिनयमा छन् । आईतबारबाट फिल्मको शो मा समेत डाउन देखिईसकेको छ ।