मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

वेनिशालाई आफ्नो बनाउने निखिलको सपना अधुरै (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/11/25
पौष २९ लाई प्रदर्शन मिति तय गरेर प्रचार प्रसार थालनी गरेको फिल्म 'किङ'को अफिसियल गीत रिलिज गरिएको छ । सार्वजनिक 'अधुरो थियो सपना' बोलको गीतमा अभिनेता निखिल उप्रेती र अभिनेत्री वेनिशा हमाल फिचरिङमा छन् ।
 
 
गीतको मेकिङ उच्च देखिएको छ । उत्कृष्ट सिनेमाटोग्राफी तथा सम्पादनले म्युजिक भिडियोलाई हेर्न लायक बनाएको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेको हो भने संगीत वसन्त सापकोटा, दिनेश सुनाम र सुजेन्द्र डि कार्कीको छ ।  स्वर प्रविशा अदिकारी र सन्नी सुनामको छ ।
 
 गीतमा लुम्बिनीको मनोरम दृश्यहरु समावेश छन् । जगन श्रेष्ठको प्रस्तुतीमा बनेको फिल्मका निर्माता जयन श्रेष्ठ हुन् भने 'किङ'लाई निर्देशन सविर श्रेष्ठले गरेका छन् ।
 
लभस्टोरी एक्शन जनराको फिल्ममा एक्शन रोशन श्रेष्ठको छ भने क्यामेरा सञ्जय लामाले चलाएका छन् । फिल्ममा निखिल र वेनिशासँगै अनुपबिक्रम शाही, रुपा राना, प्रज्जवसुजल गिरी, जगन श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मको कथा पनि सविर श्रेष्ठको हो । 
 
हेर्नुहोस गीतः