मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

फ्राईडे रिलिजः नेपाली पर्दामा दयाहाङ भर्सेज शाहरुख !

फिल्मीखबर, काठमाडौं, 2016/11/25
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी चर्चामा रहेको फिल्म 'पुरानो डुङ्गा' प्रदर्शनमा आएको छ भने वलिउड स्टार शाहरुख खान र आलिया भट्ट स्टारर फिल्म 'डियर जीन्दगी' पनि नेपाली पर्दामा एकसाथ आएको छ । 
 
कबड्डी निर्देशक रामबाबु गुरुङको 'पुरानो डुङ्गा'मा दयाहाङ राई र प्रियंका कार्की मुख्य भूमिकामा छन् भने मेनका प्रधान, माओत्से गुरुङको पनि मेजर रोलमा छन् ।
 
फिल्मको पहिलो दिनको सुरुवात राम्रो देखिएको खबर प्राप्त छ । फिल्मले शाहरुखको फिल्ममा भन्दा बढि दर्शक आफ्नो पक्षमा पारेको छ ।
 
त्यसो त मल्टिप्लेक्समा शुक्रबारका सबैजसो शो को अधिकांश टिकट बिहिबार साँझसम्म बुकिङ भईसकेको थियो । फिल्मको लागी भोली अर्थात शनिबारको शोको लागी पनि मल्टिप्लेक्समा प्राप्त शो का सबैजसो सिटहरु अग्रिम बुकिङले भरिने क्रममा छन् ।