मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सुरज र स्वस्तिमाको 'लभ लभ लभ' टिजर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/11/24
दिपेन्द्र के खनालको निर्देशनमा तयार फिल्म 'लभ लभ लभ' को टिजर रिलिज भएको छ । बिहिबार युट्युवमा सार्वजनिक १ मिनेट ३० सेकेण्ड लामो टिजरले प्रेमभाव बोल्छ । त्यसो त फिल्म प्रेमकथामा आधारित रहेको नामले नै दर्शाउँछ ।
 
टिजरमा एक युवकले प्रेम प्राप्तीको लागी देखाउने त्याग तथा यसको लागी गरेको तपस्यालाई दर्शाईएको छ । निर्देशक दिपेन्द्र के खनालले फिल्मीखबरसँग कुराकानी गर्दै प्रेमकथालाई पनि विल्कुल फरक तरिकाले प्रस्तुत गरिएको दाबी गरे ।
 
टिजरमा लिड कलाकार सुरज पाण्डेको मात्र डायलग समावेश भने स्वस्तिमा खड्काले मुस्कान मात्र छाडेकी छिन् । निरज कंडेलले खिचेको फिल्ममा शर्मिला पाण्डेको लगानी छ ।
 
निर्मात्री पाण्डेले फिल्मलाई स्तरिय बनाउन बजेटमा कुनै कन्जुस्याईं नगरेको बताईन् । सुरज सिने आर्ट्सको प्रस्तुतीमा तयार फिल्ममा रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राना, ए गुरुङ लगायत अभिनयमा छन् ।