मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्पण र ऋचाले जोडी बाँध्दा लेस्बियन बन्दै स्मृति र सिर्जना !

फिल्मीखबर, काठमाडौं, 2016/11/24
फिल्म 'चक्कर' को शुभ साईतसँगै छायाँकन सुरु भएको छ । फिल्मको मुहूर्तसँगै विहिबारदेखि छायांकन सुरु भएको हो ।  अर्पण थापा, ऋचा शर्मा, सिर्जना सुब्बा, स्मृति पोखरेल, भोलाराज सापकोटा र एवान राज उप्रेतीको मुख्य भूमिका हुने फिल्मलाई अनुष्क रौनियारले निर्देशन गर्दैछन् । 
 
 
रौनियारले निर्देशन गरेको अघिल्लो सिनेमा काठमाडौं ककटेल सम्पादन टेबलुमा छ । आउँदो वर्षको सुरुवातमा रिलिज लक्ष्य राखिएको चक्करले पाँच मुख्य पात्रले आफ्ना समस्यासँग गर्ने संघर्षको कथा पेश गर्छ ।
 
 
गौशालाको एउटा होटलमा सेट गरेर सुटिङ थालिएको हो । कार्यकारी निर्माता समेत रहेका चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फिल्मको शुभसाइत गरे । 
 
फिल्ममा अर्पण र ए वान इन्सपेक्टर रोलमा छन् । सिर्जना र स्मृतिलाई लेस्बियन पात्रमा देख्न सकिन्छ । 'सिड्नीमा मेरा अधिकांश साथी लेस्बियन पनि थिए । उनीहरुको संगतले मलाई पात्रमा डुब्न निकै सजिलो भएको छ',  अष्ट्रेलियाबाट आइपुगेकी गायिका एवं डेब्यु अभिनेत्री स्मृतिले भनिन् । 
 
'चक्कर'मा रविन आचार्यको छायांकन तथा उत्तम न्यौपाने पाश्र्वध्वनी छ । दावा लामा र किशोर थापा मगर निर्माता हुन् ।