मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

'पुरानो डुङ्गा' मल्टिप्लेक्समा आक्रामक, बुकिङमा शाहरुख भन्दा अघि

फिल्मीखबर, काठमाडौं, 2016/11/24
 
भोली अर्थात शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'पुरानो डुङ्गा'को बुकिङ आक्रामक देखिएको छ । क्यएफएक्समा मात्रै १४ शो पाएको फिल्मले अग्रिम बुकिङमा बलिउड स्टार शाहरुख खानको फिल्म 'डियर जीन्दगी'लाई समेत उछिनेको छ । 
 
क्यूएफएक्समा पाएको १४ शो मा 'पुरानो डुङ्गा'को पहिलो दिनको १० शो करिब हाउसफुल भईसक्दा शनिबारको पनि ७ शो मा दर्शकले सिट रोजिसकेका छन् । 
 
शाहरुखको फिल्मले भने १५ शो पाउँदा अहिलेसम्म पहिलो दिनलाई ८ शो को लागी मात्रै दर्शकले सिट कब्जा गरेका छन् । आक्रामक बुकिङलाई हेर्दा बिहिबार साँझसम्म क्यूएफएक्सका सबै शो भरिने संभावना बढि छ । 
 
रामबाबु गुरुङ निर्देशित फिल्ममा माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की, मेनका प्रधान लिड अभिनयमा छन् । फिल्मले बुधबार सम्पन्न प्रिमियरमा भने मिश्रित प्रतिक्रिया पाएको छ ।