मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बनेर आयो कर्मा र भिन्तुनाको 'भ्रम' ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/11/24
फिल्म 'भ्रम'ले रिलिज मिति तय गर्दै प्रचार प्रसार थालेको छ । अर्को महिना पौषको २२ गतेलाई प्रदर्शनको मिति तय गर्दै बिहिबार फिल्मको ट्रेलर सार्वजनिक गरियो । 
 
 
युट्युवमा सार्वजनिक १ मिनेट ५० सेकेण्ड लामो ट्रेलरला केहि सस्पेन्स दृस्यहरु समावेश छन् । हरर फिल्ममा कर्मा शाक्य र भिन्तुना जोशी लिड अभिनयमा छन् भने निर्देशन तथा कथा रविन्द्र शाहीको छ । फिल्मका निर्माता श्याम ल्वागुना र सुरेश गमाल हुन् । 
 
कृष्ण श्रेष्ठले खिचेको फिल्ममा कुमार महर्जनको द्वन्द्व छ भने संगीत रक्की धसुको छ । पटकथा तथा संवाद राधा श्रेष्ठ र श्याम श्रेष्ठको रहेको फिल्ममा कोरियोग्राफी गोविन्द प्रभातको छ ।