मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो रह्यो दया र प्रियंकाको 'पुरानो डुङ्गा' प्रिमियर माहोल (फोटो फिचर)

फिल्मीखबर, काठमाडौं, 2016/11/23
लिड अभिनेत्री प्रियंका कार्कीको अनुपस्थितीका बाबजुत यो शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'पुरानो डुङ्गा'को प्रिमियर सम्पन्न भएको छ । राजधानीको जयनेपाल हलमा आयोजित प्रिमियरमा फिल्मकर्मी तथा सञ्चारकर्मीहरुले फिल्म हेरे । 
 
 
प्रियंका नभएको प्रिमियरमा अभिनेता दयाहाङ राई सबैको एकल केन्द्र बने । तर कार्यक्रममा उपस्थित अन्य स्टार तर्फ पनि धेरैको ध्यान तानियो । 'पुरानो डुङ्गा' प्रिमियरमा अभिनेता आर्यन सिग्देल, खगेन्द्र लामिछाने अभिनेत्री नम्रता श्रेष्ठ, केकी अधिकारी, पूजा शर्मा, बेनिशा हमाल, स्वस्तिमा खड्का, निर्देशक रामबाबु गुरुङ, निश्चल बस्नेत, सुदर्शन थापाहरु समेत आकर्षणका केन्द्र बने । 
 
 
नयाँ पुराना फिल्मकर्मीहरुले 'पुरानो डुङ्गा' हेरिसकेपछि मिश्रित प्रतिक्रिया व्यक्त गरे । डुङ्गा चलाएर जिविकोपार्जन गरिरहेको एक माझीको पारिवारिक कथा तथा सँगसँगै दाजुभाईको सम्बन्ध तथा प्रेमी प्रेमीकाको भाव बोल्ने फिल्मका केहि प्लटले न छोएको धेरैको भनाई थियो । 
 
 
फिल्ममा अभिनेता माओत्से गुरुङ तथा अभिनेत्री मेनका प्रधानको भूमिकालाई धेरैले मन पताए । यस्तै दयाहाङको अभिनयलाई मन पराउनेहरु पनि भेटिए ।  कास्कीमा पुर्णतः दृश्य छायाँकन गरिएको फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाईसकेको छ भने अग्रिम बुकिङमा समेत दर्शकको उत्साह देखिईसकिएको छ ।